पोखरा । नेपाल इन्जिनियर्स एसोसिएसन (सिडेन) तेस्रो प्रदेश कार्यकारिणी समितिको निर्वाचन मिति तय भएको छ । सिडेन गण्डकी प्रदेशको आसन्न निर्वाचन भदौ २८ गतेका लागि तय गरिएको हो ।
सो निर्वाचनमा सिडेन गण्डकी प्रदेशको तर्फबाट सन्तोष जिसीको नेतृत्वमा मनोनयन दर्ता गरिएको छ ।
त्यस्तै केन्दीय सदस्यमा अबित के.सी., सभापतिमा सन्तोष जि.सी., उपसभापतिमा बिशाल थापा, सचिबमा निरोज लामिछाने, सहसचिबमा मन्जू शिलाकर र कोषाध्यक्षमा बिश्वास आचार्यको उम्मेदवारी रहने भएको छ ।
यस्तै प्रदेश सदस्यहरु महेन्द्र पौडेल, सक्षम अधिकारी, संजय राज तिमिल्सेना, रोचक क्षत्री, ध्रुब रेग्मी, निरोज घिमिरे, लाल बहादुर खत्री, मनोज गिरी, रमेश भट्ट र सुमन शर्माको उम्मेदवारी रहेको सदस्य पदका उम्मेदवार इन्जिनियर महेन्द्र पौडेलले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार सो निर्वाचन तोकिएको समय सिमाभित्र नै सम्पन्न हुने पनि बताउनुभएको छ ।