पोखरा । न्युरो आर्ट नेपाल तथा बि जि हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा ली पोखराको संयुक्त आयोजनामा पोखरामा न्युरो आर्ट प्रतियोगिता सम्पन्न न्युरो आर्ट प्रतियोगिता सम्पन्न भएको छ ।
बि जि हस्पिटमा उपचाररत बिरामीहरु र हस्पिटल स्टाफहरुलाई केन्द्रित गरि आयोजना गरिएको सो आर्ट प्रतियोगितामा उपचारत तर्फ क्रमश सिम्रन मल्ल प्रथम, सुप्रिया जयसवाल द्वितीय र सर्मिला मगर तृतीय भएका छन् भने थप तिन जनाले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन् ।
त्यस्तै प्रतियोगितामा स्टाफ तर्फ सुरक्षा सार्की प्रथम,आस्मा गुरुङ द्वितीय र तेजिना गुरुङ तृतीय भएका छन् भने स्टाफ तर्फ पनि तीन जना स्टाफहरुले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
सोमवार दिउसो बि जि हस्पिटल पोखरामा न्यूरो आर्ट नेपालका अध्यक्ष हरेराम जोजी को अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतियोगिताको नतिजा घोषणा गरी विजेताहरुलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा नान अध्यक्ष हरेराम जोजी , उपाध्यक्ष प्रा डा निर्मल लामिछाने, हस्पिटल इन्चार्ज अनिता खड्काले बिजेताहरुलाई खादा तथा प्रमाण पत्र सहित नगद पुरस्कार प्रदान गर्नुभयो ।
कार्यक्रममा नान अध्यक्ष हरेराम जोजीले न्युरो आर्ट नेपालमा भरखरमात्र उदय भएता पनि अन्तराष्ट्रिय स्तरमा न्युरो आर्ट धेरै पहिलेदेखिनै स्थापित भइसकेको र आर्टमध्येकै अति विशिष्ट आर्ट न्युरो रहेको बताउनुभयोे ।
त्यस्तै नान उपाध्यक्ष प्रा डा निर्मल लामिछानेले न्यूरो आर्ट स्वस्थ्य जीवनका लागि अतिनै प्रभावशाली भएकोले यसलाई नेपालमा स्थापित गरि जनसमुदायका हितमा निरन्तर कार्यक्रमहरु आयोजन गर्दै आईरहेको जनाउनुभयो ।
न्युरो आर्ट नेपालका महासचिव राम प्रसाद पौडेलको संचालन रहेको कार्यक्रममा नान आवद्ध सदस्यहरु सहित हस्पिटल परिवार तथा स्थानीय जन समुदायको उपस्थिति रहेको थियो ।
२०७९ मा स्थापित न्युरो आर्ट नेपालले चरणवद्धरुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यशालाहरु आयोजन गर्दै आर्ट प्रदर्शनीसंगै जनसमुदाय र नवोदित प्रतिभाहरुका लागि विभिन्न प्रतियोगिताहरु आयोजन गर्दै आईरहेको छ ।