
लेखनाथ । लायस क्लव अफ लेखनाथ गार्डेनसिटीले राधाकृष्ण बृद्धाश्रममा आइतबार खाद्यान्न बितरण एवं बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।
क्लवको बार्षिक कार्यक्रम अन्र्तगत आश्रममा रहेका जेष्ठ नागरिकका लागि खाद्यान्न बितरण एवं परिसरमा विभिन्न जातका विरुवा रोपण तथा गोडमेल गरेको हो ।
लायन्स क्लव अफ इन्टरनेशनल ३२५ के अन्र्तगत बृक्षारोपण कार्यक्रमका प्रमुख अतिथि भुपेन्द्र गिरीले गार्डेनसिटीले बार्षिक कार्यक्रममै राखेर जेष्ठ नागरिकका लागि खाद्यान्न बितरण गर्दै आएको भन्दै प्रसंसा गर्नुभयो । उहाँले जेष्ठ नागरिकका लागि राज्यले सम्वोधन गर्न नसकेको उल्लेख गर्दै, विभिन्न संघसंस्थाहरु सहयोगी हात बनेको बताउनुभयो । गिरीले बृक्षा रोपणमात्र नभई त्यसलाई तीन तीन महिनामा गोडमेल गर्नु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सिनियर एडभाईजर भक्तबहादुर के.सी ले विभिन्न परिस्थितिका कारण घरपरिवारसँग बस्न नपाउनु भएका जेष्ठ नागरिकका लागि क्लवले खाद्यान्न र स्वास्थ्य जाँचमा सहयोग गर्दै आईरहेको बताउनुभयो ।
क्लवका संस्थापक अध्यक्ष एवं डिष्ट्रिक एडिसनल सेक्रेटरी भरतकुमार अधिकारीले जेष्ठ नागरिकका ज्ञान र सिपलाई पुस्तान्तरण गर्र्नु पर्नेमा जोड दिनुभयो । उहाँले जेष्ठ नागरिक अस्ताएसँगै उहाँहरुको शिप र ज्ञान पनि हराउने भएकाले राज्यले पछिल्लो पुस्ताका लागि अध्ययन केन्द्र स्थापना गर्नु पर्नेमा जोड दिनुभयो ।
क्लवका अध्यक्ष बद्रीनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा क्लष्टर चिप ऋतु पौडेल, आश्रमका अध्यक्ष प्रेम लिगल, क्लवका पुर्व अध्यक्ष राजन कल्याण बड्गामी, विश्वमणि अधिकारी, चन्द्रकान्त पौडेल, क्लवका सचिव दिपक बानिया दिपक बानिया लगायतले कार्यक्रमका बारेमा मन्तव्य व्यक्त गरेका थिए ।
क्वले बार्षिक रुपमा खाद्यान्न र बृक्षारोपण र गोडमेल कार्यक्रम गर्दै आएको छ । बृक्षारोपण पछि अघिल्लो बर्षमा रोपेका विरुवाको गोडमेल समेत क्लवले गर्दै आएको छ ।
आश्रम परिसरमा क्लवले रोपेका विभिन्न जातका फलफुलका विरुवावाट फल फलेका छन् ।