
पोखरा । पहिलो पाईला नेपाल पोखराको छैटौं अधिबेशनबाट अध्यक्षमा केनुका थापा सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
त्यसैगरी उपाध्यक्षमा पुनम शर्मा, सचिवमा विमान अर्याल, कोषाध्यक्षमा अर्जुन पौडेल, सहसचिवमा सिम्रन घिमिरे, सह कोषाध्यक्षमा रबिना बस्नेत र सदस्यहरुमा कृष्ण गिरी, अनुभूति घिमिरे , सुजना सिलवाल, विजय पौडेल, स्वोस्तिका न्यौपाने सर्वसम्मत निर्वाचित भएका छन् ।
प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले युवाहरुले देशमा नै पसिना बगाउन सके यो मुलुक साच्चिकै समृद्ध बन्ने बताउनु भयो ।
शाखा अध्यक्ष विकास जङ्ग कुँवरले पद हस्तान्तरण गर्दै आफ्नो कार्यकालमा विभिन्न ठाउँबाट सहयोग पुराउनुहुने सबैलाई सम्झदै कृतज्ञता व्यक्त गर्नु भएको थियो साथै आफ्नो कार्यकालमा उत्कृष्ट भुमिका निर्वाह गर्नेलाई हौसला स्वरुप सम्मान गर्दै वार्षिक कार्य प्रतिवेदन पेस गर्नु भएको थियो ।
पहिलो पाइला नेपाल पोखरा शाखाका संस्थापक सल्लाहकार सन्तोष न्यौपानेको नेतृत्वमा तीन सदस्यीय निर्वाचन मण्डल घोषण गर्दै विकास जङ्ग कुँवरले आफनो कार्यकाल समापन भएको घोषणा गर्नुभएको थियो ।
सोही निर्वाचन मण्डलले सहमतिमै वर्ष २०८१र८२ का लागी अध्यक्ष केनुका थापाको नेतृत्वमा ११ सदस्यीय समिती घोषण गरेको थियो ।
निर्वाचन मण्डल सयोंजक सन्तोष न्यौपानले सर्वसम्मत रुपमा निर्वाचित पदाधिकारीहरुलाई बधाई साथै सफल कार्याकालको शुभकामना व्यक्त गर्नुभयो ।
नव निर्वाचित अध्यक्ष केनुका थापाले कार्यक्रम लगत्तै पहिलो बैठक गरि पहिलो पाइलाको विधान अनुरुप थप २ सदस्य तत्कालै मनोनित गरेको जनाउनुभयो । मनोनित सदस्यहरुमा किसोर खतिवडा र स्वस्तिका लामिछाने रहेका छन् ।