‘राष्ट्रिय प्रतिभा पुरस्कार’ द्धारा गण्डकीबाट पदम घले र बले पुरस्कृत

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । मोडल तथा कलाकार सागर लम्साल ‘बले’ र चित्रकार पदम घले सहितका कलाकारलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संगीत तथा नाट्य विधातर्फ ‘राष्ट्रिय प्रतिभा पुरस्कार २०८०’ प्रदान गरेको छ ।

राष्ट्रिय नाचघर जमलमा बिहीबार आयोजित समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले कलाकारलाई पुरस्कृत गर्नुभयो ।

सागरले संगीत तथा नाट्य तथा घलेलाई ललितकला क्षेत्रमा समर्पित रही योगदान र्पुयाएको भन्दै मन्त्रालयले नेपाल सरकारद्वारा स्थापित राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कारअन्तर्गत ‘गण्डकी प्रदेशको प्रादेशिक प्रतिभा पुरस्कार २०८०’ प्रदान गरेको हो ।

संगीत तथा नाट्य विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कारबाट माइला लामा पुरस्कृत हुनुभयो । प्रादेशिकतर्फ कोशी प्रदेशका धनकुमार ज्ञांकी, मधेशबाट राजेशकुमार पासवान, बागमतीबाट सरिता गिरी, गण्डकीबाट सागर लम्साल, लुम्बिनीबाट कमलकुमार शर्मा, कर्णालीबाट सुरज पण्डित र सुदूरपश्चिमबाट विक्रम कुँवर प्रतीक पुरस्कृत भएका छन् ।

ललितकला विधातर्फ राष्ट्रिय प्रतिभा पुरस्कार ललितपुरका सन्तकुमार शाक्यले प्राप्त गर्नुभयो ।
यो विधामा प्रादेशिक प्रतिभा पुरस्कार कोशीबाट सरोजा खंगी, मधेशबाट सुनैना ठाकुर, बागमतीबाट कृष्णगोपाल श्रेष्ठ, गण्डकीबाट पदम घले, लुम्बिनीबाट यामबहादुर थापा, कर्णालीबाट सोनाम डोल्मा तामाङ र सुदूरपश्चिम प्रदेशबाट सुरेशकुमार पाल्पाली पुरस्कृत भएका छन् ।

 

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला