पोखरा १७ को वडा कार्यालयमा साढे ५ करोड बढी राजस्व संकलन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका–१७ ले चालु आर्थिक वर्षमा ८४ प्रतिशत पुजिँगत खर्च गरेको छ । भने चालुतर्फ ८८ प्रतिशत बजेट खर्च गरेको छ ।
चालु आवका लागि वडाले ४ करोड ८ लाखको बजेट कार्यान्वयन गरेकोमा पुजिगततर्फ २ करोड ७७ लाख बजेटमा २ करोड ३२ लाख र चालु तर्फ १ करोड ८ लाख बजेट बिनियोजन गरेकोमा ८५ लाख ५० हजार खर्च भएको वडा सचिव प्रमिला सुवेदीले जानकारी दिनुभयो । वडाले सबैभन्दा धेरै रकम पूर्वाधार निर्माणमा खर्च गरेको छ ।

यसैगरी वडाले ५ करोड ६४ लाख राजश्व संकलन गरेको छ । भूमि तथा मालपोत करबाट सबैभन्दा धेरै १ करोड १४ र व्यवसाय दर्ता तथा नविकरणबाट ६० लाख २० हजार राजश्व संकलन भएको सचिव सुवेदीले जानकारी दिनुभयो ।
वडा कार्यालयको आयोजना र पब्लिक फोरके टेलिभिजनको सहकार्यमा भएको पब्लिक सरोकार कार्यक्रममा वडासचिव सुवेदीले चालु आर्थिक वर्षको प्रगति विवरण पेश गर्नुभएको थियो ।

कार्यक्रममा सहभागी वडावासीले फेवा नहर र विधुत नहरमा छेकबार, फोहोर संकलनलाई नियमित र प्रभावकारी बनाईनुपर्ने, खानेपानीको अभाव रहेको र फेवा ताल सरसफाइ लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
बिजुलीको नाङगो तार विस्थापन गर्न, सोलार बत्ती मर्मत, युवा लक्षित कार्यक्रमलाई बजेटमा समावेश गर्न उनीहरुले माग गरे ।
स्थानीय अनन्त लम्सालले वडामा खानेपानीको समस्या सभाधान गर्न जनप्रतिनिधिको ध्यानाकर्षण गराउदैं बर्षातमा आउने बाढी नियन्त्रण र ढलको दिर्घकालिन समाधन गर्नुपर्नेमा जोड दिनुभयो ।
युवा व्यवसायी इश्वर केसीले सार्वजनिक स्थानमा सिसिक्यामेरा जडान र जडान भएका क्यामेरालाई चुस्त राख्ननुपर्ने बताउनुभयो ।
डिआर भट्टराईले वडामा भौतिक पूर्वाधार मात्र प्राथमिकतामा परेको भन्दै जेष्ठ नागरिक र बालबालिका खेल्ने बगैँचा, पार्क र हरियाली प्रवद्र्धनका कार्यक्रममा ध्यान दिन आग्रह गर्नुभयो ।
शान्ती लिम्बुले महतगौँडा जग्गाको हालसावी नहुदाँ स्थानीय समस्यामा परेको भन्दै हालसावीका लागि आग्रह गर्नुभयो ।
सहभागीले विकासको प्राथमिकता पहिचान गरी गुणस्तरीय र पारदर्शी रुपमा बजेट खर्च गर्न साथै वडाबाट दिइने सेवालाई चुस्तदुरुस्त बनाउन सुझाव दिए ।
सहभागीका प्रश्नको जवाफ दिदै वडाध्यक्ष राधिका शाही योगीले वडाको आवश्यकता र जनताको माग अनुसार नै वडाले काम गदै आएको बताउदैं फेवा नहर र विधुत नहरमा बालबालिका डुबेर मुत्यु हने गरेकाले सिंचाई कार्यालय र विधुत प्राधिकरणसंग मिलेर नहरलाई छेकबार गर्ने उनले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अहिले भएको स्थानमा वडा कार्यालय साधुरो भएकाले ६ महिनाभित्र नयाँ भवनमा वडा कार्यालय स्थान्तरण गरी सेवाग्राही मैत्री कार्यालय बनाइने बताउनुभयो ।
कार्यक्रममा उठेका जिज्ञासाको जनप्रतिनिधि, सचिव, प्राविधक कर्मचारीले जवाफ दिएका थिए ।
कार्यक्रमको सहजिकरण पब्लिक फोरके टेलिभिजनका प्रस्तोता अमृत कुमार भट्टराइले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला