पोखरामा ‘मिरा स्याडो अफ अ रेनबो’ को विशेष शो सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरामा ‘मिरा स्याडो अफ अ रेनबो’ को विशेष शो सम्पन्न भएको छ । मंगलबार पोखरा ट्रेडमलको क्युुएफएक्स सिनेमा हलमा उक्त शो भएको हो ।
विशेष शो हेर्न पोखराका दर्शकको राम्रो उपस्थिति थियो । मेडिकल लाइन देखि सामाजिक सेवामा आबद्ध भएका व्यक्तिहरुले उक्त सिनेमा हेरे ।
अटिजमका विषयमा उल्लेख गरिएको कथावस्तुुलाई धेरैले रुचाएका छन् । समय सान्दर्भिक सिनेमा भएको प्रतिक्रिया दर्शकको छ ।

अटिजम भएका बालबालिकाको परिवारलाई समाजमा हेर्ने दृष्टिकोण र परिवारमा परेको समस्यालाई सिनेमा मार्फत प्रस्तुत गर्न खोजिएको छ ।
विशेष शोमा पोखराका दर्शकको माया पाएर निर्मात्री एवम् निर्देशक अनिता पण्डित पनि खुशी हुँदै भन्नुभयो ,“सोचे भन्दा बढी सफलता मिल्यो । झरिका बेला पनि आफ्नै सिनेमा भनेर दर्शक आउनुभयो । पोखराको राम्रो सर्पोट पाए ।”

आफु इरानी सिनेमाबाट प्रभावित भएको बताउँदै उहाँले समाजका समस्यालाई सिनेमा मार्फत उतार्न लागिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“आफैले निर्माण गरेको पहिलो सिनेमामा केही कमीकमजोरी अवश्य होलान् । जसलाई आगामी दिनमा अझ सुधार गर्नेछु । तर सिनेमा मेकिङबाट टाढा चाहिँ रहनेछैन । यसमा नै निरन्तरता हुनेछ ।”, उहाँले भन्नुभयो ।
अनिता पण्डित र अशोक भुजेलको निर्देशन रहेको सिनेमाको कथा अनिताले नै लेख्नुभएको हो ।
सिनेमामा अनिता सँगै सुुरबिना कार्की, अरनाबी ढुंगाना, मौसम खड्का लगायतको अभिनय छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला