क्यान्सर रोकथामका लागि सचेतनाको आवश्यकता : मन्त्री थापा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले क्यान्सर रोकथामका लागि सचेतनाको आवश्यकता रहेको बताउनुभएको छ ।
शनिबार नेवाः मिसा पुचः कास्कीले आयोजना गरेको क्यान्सर परिक्षण तथा सचेतना कार्यक्रममा उहाँले रोग निवारणका लागि सचेत हुन आवश्यक रहेको बताउनुभएको हो ।
“रोग लुकाएर राख्न भन्दा समयमा नै उपचार गरियो भने क्यान्सरबाट पनि बच्न सकिन्छ”, उहाँले भन्नुभयो, “खानपिनमा विशेष ध्यान दिन आवश्यक छ ।”

११ वटा जिल्लाका १४ अस्पताल प्रदेश सरकारको मातहतमा रहेको जानकारी उहाँले गराउनुभयो । क्यान्सर, मुटुरोग जस्ता बिरामीका लागि उपचारको राम्रो सुविधा नहुँदा बाहिर जानुपर्ने अवस्था सिर्जना भएको र प्रदेश सरकार यसको व्यवस्थापनमा लागिरहेको उहाँले बताउनुभयो ।
जग्गा प्राप्तिको समस्याका कारण उक्त रोग सम्बन्धि विशिष्ट श्रेणाीको अस्पताल बनाउन नसकिएको र उच्चस्तरिय समिति बनाई जग्गाको खोजी कार्य भइरहेको भनाई उहाँको छ ।

मन्त्री थापाले क्यान्सर बिरामीलाई संघ सरकारबाट दुई लाख र प्रदेश सरकारले एक लाख उपलब्ध गराउँदै आएको बताउनुभयो । जसबाट बिरामीलाई उपचार खर्च गर्न सहज भएको अभिव्यक्ति उहाँको छ ।
नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखेले जनतालाई स्वस्थ बनाउन सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । रोग लागेर उपचारमा सहयोग गर्नुभन्दा रोग लाग्नै नदिने कार्यक्रम ल्याउन उहाँको आग्रह छ ।
नेपाल क्यान्सर रिसर्च सेन्टरको सहयोगमा क्यान्सरको परिक्षण समेत गरिएको छ । नेवाःमिसा पुचः कास्कीका अध्यक्ष संगीता बज्राचार्यको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्यक्ष शक्ति प्रधानाङ्ग र संचालन महासचिव किरण बिजुक्छेले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला