आत्मनिर्भरका लागि सीप विकास तालिम आवश्यक : मन्त्री थापा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दुुकुुमार थापाले आत्मनिर्भरका लागि सीप विकास तालिम आवश्यक रहेको बताउनुभएको छ ।
शुक्रबार गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय अन्तर्गतको व्यावसायिक तथा सीप विकास तालिम केन्द्रले आयोजना गरेको तीन महिने सीप विकास तालिमको समापन कार्यक्रममा थापाले युवा जनशक्तिहरुलाई श्रम बजार अनुुकुलको ज्ञान र सीपको आवश्यकता रहेको बताउनुभएको हो ।

“सीपले आत्मनिर्भर बनाउछ, स्वरोजगार बन्न प्रेरित गर्छ । आशा छ, प्रदेश सरकारले उपलब्ध गराएको तालिमले सहभागी सबै युवाहरु लाभन्वित हुनुुभयो । स्वरोजगार बनी अन्यलाई रोजगार दिने बाटोमा यहाँहरु अग्रसर रहनुहुुनेछ भन्ने अपेक्षा लिएको छु ।’, उहाँले भन्नुभयो ।
मन्त्री थापाले सीप सिकेर खेर नजाने र कुुनै न कुुनै समयमा काम लाग्ने उल्लेख गर्दै आफुु पनि सुरुवातको समयमा बेरोजगार हुँदा परदेशिने योजना बनाएता पनि सीप विकास तालिमले नै देशमै बस्ने वातावरण सिर्जना गरेको र यहाँसम्म पु¥याएको अनुभव सुुनाउनुभयो ।
आत्तिएर कुुनै पनि काम नबन्ने र धैर्यताको खाँचो युवामा रहेको भनाई उहाँको छ ।

प्रदेश सरकारले नेपालमा नै बसेर स्वरोजगार तर्फ आकर्षण बढाउन युवा लक्षित कार्यक्रम ल्याएको उहाँले उल्लेख गर्नुभयो । सीप सिक्नेहरुका लागि अवसर थुप्रै रहेको बताउँदै सीपबाट वञ्चित नहुन उहाँको आग्रह छ ।
बेसीकसँगै एडभान्स लेवलको सीप विकास तालिममा समेत प्रदेश सरकारले लगानी गर्ने प्रतिबद्धता उहाँको छ ।
व्यवसायिक तथा सीप विकास तालिम केन्द्र पोखराका केन्द्र प्रमुख लक्ष्मी भद्र वाग्लेले चालु आर्थिक वर्षमा मात्रै ३६ वटा तालिम गर्न आफुहरु सक्षम भएको बताउनुभयो ।
जसमा १९५१ जनाको आवेदनमा ७०५ जनाले तालिम लिएको भनाई उहाँको छ । तालिमबाट सीप सिकी नेपालमा नै बस्ने प्रेरणा युवालाई मिलेको विश्वास उहाँले लिनुभएको छ ।
तालिम लिएर आफ्नो अनुभव सुनाउँदै पोखरा २० की अस्मिता बस्नेतले सीप विकास तालिमले आफुलाई दक्ष बनाएको बताउनुभयो । आधारभूत केश श्रृङ्गारको तालिम लिनुभएको उहाँले स्वरोजगार बन्न प्रेरित भएको बताउनुभयो । उहाँले आफुले सिकेको सीपलाई कार्यान्वयनमा लाने र नेपालमा नै केही गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
फेशन डिजाइन, प्लम्बिङ, आधारभूत केश श्रृङगार, कपाल काट्ने सैलुन, विद्युत जडान, एडभान्स ब्युुटिपार्लर जस्ता विभिन्न ६ वटा विषयगत तालिम उपलब्ध गराइएको थियो । जसमा करिब १ सय ६० जना प्रशिक्षार्थीको सहभागिता रहेको जनाइएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला