पोखरामा सेलवेजका विरौटा र प्रस्याङमा नयाँ शाखा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, १४ असार । सेलवेज डिपार्टमेन्टल स्टोरले पोखराका दुईठाउँमा थप शाखा विस्तार गरेको छ ।
विरौटा शाखाको पोखरा १७ का वडा अध्यक्ष राधीका शाहीले उद्घाटन गर्दै पोखरा १७ विरौटा देखी छोरेपाटन यदिेत्रमा सहरी घनत्व बढ्दै गएको बताउनुभयो ।
सेलवेजले पोखरा १७ विरौटा र पोखरा ५ प्रस्याङमा शाखा विस्तार गरेको हो । दुईशाखा थपिएसगँ पोखरामा १० शाखा पुगेका छन् ।
पोखरा र काठमाडौंका विभिन्न ठाउँमा शाखा स्थापना गरेर व्यवसाय गर्दै आएको छ ।

सेलवेजले सेल्सबेरी ब्राण्डमा समेत डिपार्टमेन्टल स्टोर संचालन गरिरहेको छ ।
व्यवस्थापक दयाल गिरीले सेलवेजले सेल्सबेरी गरेर ४० शाखा पुगेको बताउदै विरौटा देखी छोरेपाटन, पुम्दीभुम्दीलाईलक्षित गरि विरौटा शाखा खोलिएको जानकारी दिनुभयो ।
त्यसैगरी प्रस्याङ शाखाबाट प्रतिस वरपरको क्षेत्रलाई लक्षित गरेर खोलिएको बताउनुभयो । दैनिक आवश्यकता पर्ने सामान किन्न सहज रुपमा पाइने उहाँले बताउनुभयो ।

सेलवेजले यसअघि पोखराको चिप्लेढुंगा, लेकसाइड, विरौटा, भद्रकालि, शान्तिनगर, अम्मरसिंह र बगरमा शाखा बिस्तार गरिसकेको छ ।
केही महिना भित्रै पोखरामा अन्य क्षेत्रमा पनि शाखा बिस्तार गर्ने उहाँले बताउनुभयो ।
गिरीले नयाँ शाखामा ग्राहक आकर्षण गर्नविभिन्न छुट दिएको जानकारी दिदै अहिले खाद्यसामाग्री, विद्युतीय सामान राखिएको साथै होम डेलीभरीको पनि व्यवस्था भएको बताउनुभयो ।

उहाँले लक्की ड्र मार्फत कार जित्ने अवसर पनि भएको जाकारी दिदै दुई हजार सम्मको खरिद एउटा कुम्पन पाइने र बम्पर उपहारमा एमजिको इभि कार जित्ने सक्ने बताउनुभयो ।
त्यसैगरी प्रथम पुरस्कार स्कुटर, दोस्रो ४० इन्चको टिभि, तेस्रो माइक्रोओभन , चौथोमा पंखा, पाँचौमा राईकुकर, छैटौमा हटपट उपहार जित्न सकिने पनि जनाउनुभयो ।
उपहार योजना सेलवेज रसेल्सबेरीका सबै शाखामा असार र साउन महिनाभर चल्ने बताउनुभयो ।

पोखराको चिप्लेढुंगाबाट सन् १९९३ मा सामान्य खाद्यपसलको रुपमा सेलवेजले सेवा दिन थालेको थियो । त्यही व्यवसाय बिस्तार हुँदै जाँदा सन् २००४ मा काठमाडौं प्रवेश गरेको सेलवेजले २०१४ देखि सेल्सबेरीको नाममा शाखा संचालन गरिरहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला