पोखरामा ‘आमसञ्चार र समावेशी पत्रकारिता’ परिचर्चा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पत्रकार तारामणि सापकोटाद्वारा लिखित अनुसन्धानमूलक पुस्तक ‘आमसञ्चार र समावेशी पत्रकारिता’ को पोखरामा परिचर्चा गरिएको छ ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीको आयोजनामा बुधबार पुस्तकको परिचर्चा गरिएको हो ।
कार्यक्रममा पत्रकार तारामणि सापकोटाले पुस्तकमा समावेशीताको सैद्धान्तिक पक्ष तथा सरकारी सञ्चार संस्था र पेसागत संघसंगठनमा समावेशीकरणको वर्तमान अवस्थाका बारेमा तथ्यांकीय विश्लेषण प्रस्तुत गरिएको बताउनुभयो । पुस्तकमा नेपालमा समावेशिताको अवस्था, नेपाली सञ्चार क्षेत्रमा समावेशिताको अवस्था, मिडियाले खेल्नुपर्ने भूमिका लगायतका महत्वपूर्ण विषय समेटिएको उहाँले सुनाउनुभयो ।

नेपाल प्रेस काउन्सिलकी सदस्य दुर्गा भण्डारीले मुलुकको समावेशी अवस्थासँगै पुस्तकमाथि परिचर्चा गर्नुभएको थियो । उहाँले पुस्तकमा नेपालमा समावेशिताको अवस्था, नेपाली सञ्चार क्षेत्रमा समावेशिताको अवस्था, मिडियाले खेल्नुपर्ने भूमिका लगायतका महत्वपूर्ण विषयमा तथ्यांकसहित अनुसन्धानमूलक विषय समेटिएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनीले सरकार र राजनीतिक दलहरूले समावेशिताको नारा लगाए पनि व्यवहारमा कार्यान्वयन गर्न नसकेको बताउनुभयो । नेपाली सञ्चार क्षेत्र पनि समावेशिताको अभ्यासमा चुकेको उहाँको धारणा थियो ।

कार्यक्रममा सहभागीहरुले संविधान र कानुनमा व्यवस्था भएका समावेशिता सम्बन्धी व्यवस्थाहरू व्यवहारमा कार्यान्वयन हुन नसकेको धारणा राखेका थिए । उहाँहरूले संविधानको मर्म अनुसार समावेशी समाज निर्माणका लागि मिडियाले खबरदारी गर्नुपर्नेमा जोड दिदै यस्तै पुस्तकमा समाधानका पाटोसँगै कारणको खोजी गर्न सुझाव दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की उपाध्यक्ष जमुना वर्षा शर्मा, नेपाल दलित संघका केन्द्रीय उपाध्यक्ष दीपक परियार, फोनिज गण्डकीका सदस्य कृष्ण आलेलगायतले जिज्ञासा र सुझाव राखेका थिए ।
फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष खिमा गुरुङले स्वागत र महासचिव धनबहादुर गुरुङ ‘सुमन’ ले सञ्चालन गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला