कलाकारीतामा शेखर सुवेदि (फोटो फिचर )

नगेन न्यूज
  • ख-
  • ख+

काठमाण्डौं । चलचित्र क्षेत्रमा विगत १० वर्ष देखि नाम कमाउदैं गरेका कलाकार शेखर सुवेदी “सेक्सिएस्ट मोडल”को रुपमा परिचित हुनुहुन्छ ।
काठमाडौंमा जन्मिनुभएको शेखरले अभिनयमा डिप्लोमा गर्नुभएको र बाल्यकालदेखि नै मोडलिङ र अभिनय क्षेत्रमा रुची रहेको थियो ।

शेखर मिस्टर पपुलर अफ नेपाल २०१६ को विजेतासमेत हुनुहुन्छ । उहाँले मोडलिङ गर्न थालेदेखि चलचित्र, म्युजिक भिडियोमा मात्र नभइ विभिन्न इभेन्ट, पेजेन्ट, रनवे लगायत राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चर्चा बटुलीसक्नुभएको छ ।
विभिन्न अन्तराष्ट्रिय सञ्चारमाध्यममा उहाँको बारेमा चर्चा पनि हुने गरेको छ । उहाँलाई नेपालको “सेक्सिएस्ट मोडल” भनेर अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि उल्लेख गरेका थिए भने उहाँको कतिपय भिडियोमा सोही चरित्र पनि देखिने गरेको पाइन्छ ।

शेखरले पचास भन्दा बढि म्यूजिक भिडियो र एक दर्जन नेपाली चलचित्रमा अभिनय गरिसक्नुभएको छ ।

चलचित्र क्षेत्रमा अगाडि बढ्न पहिला अभिनय सिकेपछि नै उहाँलाई चलचित्रको अफर आउन थालेको थियो । उहाँले अभिनयमा डिप्लोमा र मोडलिंगमा ब्यांगलोरबाट प्रशिक्षण लिएर नेपालमै भविष्य बनाउने सोचले फर्कनुभएको हो ।

उहाँ मोड्लिंग, फिल्म, थिएटर, एड्, ब्राण्ड, गायन सबै विधामा अव्वल हुनुहुन्छ भने राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रको न्यूज, म्यागेजिन, पोर्टलसहरूमा नाम पनि प्रकाशित छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला