नेपाली सेनाद्धारा ३ हजार सर्वसाधारणलाई विपद प्रतिकार्य तालिम प्रदान

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । नेपाली सेनाले मनसुनजन्य विपद् व्यवस्थापनका लागि यो वर्ष ३ हजार ३४१ जनालाई विपद् प्रतिकार्य तालिम दिएको छ ।

सैनिक प्रवक्ता गौरवकुमार केसीका अनुसार २०७६ सालदेखि नै सर्वसाधारणलाई समुदायमा विपद् प्रतिकार्यमा जोड्ने नीति अनुसार २७ हजार ९६६ जनालाई तालिम दिइसकिएको छ ।

केसीले प्रदेश सरकार र स्थानीय पालिकासँग समेत सहकार्य गरेर सर्वसाधारणलाई यस्तो तालिम दिइएको जनाउनुभयो ।

उहाँले प्रत्येक पृतना हेडक्वार्टरहरुमा कम्पोसाइट सर्च एण्ड रेस्क्यू (सीएसएआर) टिमले मातहतका फौजलाई समय समयमा तालिम दिएको र तालिम प्राप्त फौजले स्थानीयसँग समेत मिलेर विपद्को प्रतिकार्य गर्ने बताउनुभयो ।

केसीका अनुसार, सेनामा प्रत्येक युनिटको एक तिहाइ फौज हरहमेसा विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा राखिने गरिएको छ ।
उहाँले यसको साथै छुट्टै विशेषज्ञ तालिम प्राप्त जनशक्तिको संख्यालाई बढाउँदै लगिएको बताउनुभयो ।

केसीले विपद्मा  खटिनका लागि सेनाको कुनै पनि युनिटले कसेको निर्देशन नपर्ने विपद्को खबर पाउने वित्तिकै घटना भएको ठाउँमा तैनाथ फौज खटिएर उद्दार कार्य गर्न सक्ने बताउनुभयो ।
परिचालन भएपछि मात्र त्यसको जानकारी माथिल्लो निकायमा दिइने उहाँले बताउनुभयो ।
मनसुनजन्य विपद्लाई लक्षित गरेर मुलुकका २७ जिल्लाका ६१ स्थानमा अभ्यास मनसुनको चौथो श्रृंखला चलाइएको पनि केसीले बताउनुभयो ।
केसीले मनसुनको समयमा देशका विभिन्न स्थानमा हुने भारी वर्षाबाट बाढी, डुबान र पहिरो जस्तो प्राृकितक विपद्बाट हुनसक्ने क्षतिलाई मध्यनजर गरेर प्रभावितलाई तत्काल उद्दार र राहत कार्य प्रभावकारी रुपले सञ्चालन गर्न यो अभ्यास गरिएको बताउदै राष्ट्रको विपद् क्षमता अभिवृद्धि गर्न सेनाले विभिन्न तहमा सरोकारवालालाई सहभागी गराएर एकीकृत अभ्यास हातेमालो पनि सञ्चालन गर्दै आएको जनाउनुभयो ।

केसीले नेपालमा सोमबारबाट कोशी प्रदेशमार्फत मनसुन भित्रिसकेको र यस्तोमा मनसुनजन्य विपद् प्रतिकार्यका लागि सैनिक टोलीलाई तैनाथ राखिएको बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला