विश्व वातावरण दिवसको चित्रकला प्रतियोगितामा रबिना प्रथम

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा, जेठ २४ । “पृथ्वीको लागि कला : रचनात्मकता मार्फत प्रेरणादायक परिवर्तन” भन्ने मुख्य उदेश्यका साथ धौलागिरी विद्यार्थी समाज पोखरा विश्वविद्यालयद्वारा चित्रकला प्रतियोगिता तथा प्रदर्शनी बुधबारका सम्पन्न भयो ।
विश्व वातावरण दिवसको अवसरमा आयोजना भएको चित्रकला प्रतियोगितामा रबिना बस्नेत प्रथम हुनुभएको छ ।

यस्तै प्रतियोगितामा द्वितीय सिम्रन परियार, तृतीय विभुती पौडेल र सान्तोना दिपक काउचा हुनुभएको थियो ।
प्रतियोगितामा १९ टिमको सहभागिता रहेको प्रतियगिता तथा प्रदर्शनी पोखरा विश्वविद्यालय प्राङ्गणमा भएको थियो ।

गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुँवर चित्रकलाले नेपालमा मात्रै नभई विदेशमा पनि चिनाउने कार्य गरेको बताउदैं चित्रकला प्रतियोगिता तथा प्रदर्शनी गर्ने कार्यलाई प्रशंसा गर्दै आगामि दिनको कार्यक्रमको शुभकामना दिनुभयो ।
यस्तै विश्वकला यात्री प्राज्ञ नगेन सिहले ललितकलाले देश विकासको मेरुदण्ड भएको बताउदैं कलाको विकासविना देशको विकास सम्भव नहुने बताउनुभयो ।
कार्यक्रमको प्रमुख निर्णायकमा विश्वकला यात्री प्राज्ञ नगेन सिंह ठकुरी “राङ्खखानी” रहनु भएको थियो ।
धौलागिरी विद्यार्थी समाज पोखरा विश्वविद्यालयका अध्यक्ष विकास जङ्ग कुँवरले चित्रकला प्रतियोगिता खुला विषयवस्तुमा रहेको र सहभागी सबैको कलालाई बजारमा नगेन आट्र्स मार्फत ल्याइने जनाउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला