पोखरा बक्सिङ च्याम्पियनसिप–२०८१ आजबाट

नगेन न्यूज
  • ख-
  • ख+

जेठ १७ पोखरा । पोखरामा शुक्रबार (आज) सञ्चालन हुन लागेको ‘पोखरा बक्सिङ च्याम्पियनसिप–२०८१’ को सम्पूर्ण तयारी पुरा भएको छ ।
पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला बक्सिङ संघको व्यवस्थापनमा पोखरा रंगशालास्थित बक्सिङ रिङमा हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको हो ।

आज ११ बजेदेखि सञ्चालन गरिने प्रतियोगितामा ३० जना महिला तथा पुरुष बक्सरले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । जसमा १२ जना महिला तथा १८ पुरुष गरि ३० जनाको सहभागिता रहने कास्की जिल्ला बक्सिङ संघका अध्यक्ष सुमनकुमार श्रेष्ठले जानकारी दिए ।
पोखरामा पहिलो पटक हुन लागेको भर्सेस फाइटयुक्त राष्ट्रिय च्याम्पियनसिपमा पुरुष तर्फ ५१, ५७, ६०, ६३.५, ६७, ७१, ७५, ८० र ८६ केजी तौल समूहमा प्रतिस्पर्धा हुने छ । भने महिला तर्फ ४८, ५०, ५२, ५७, ७० र ७५ केजी तौलमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

यता प्रतियोगितामा कास्कीबाटमात्रै ४ जना महिला तथा १२ जना बक्सरहरुले सहभागिता जनाउने श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा विजेता बक्सरले नगद २० हजार र उपविजेताले नगद १० हजार ,प्रमाणपत्र र पदक प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट बक्सर महिला तथा पुरुषले जनही ५ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।
पोखरामा २०६४ सालपछि हुन लागेको राष्ट्रिय बक्सिङ प्रतियोगिताले यसको क्रेजलाई माथि उठाउन सघाउ पुग्ने प्रदेश बक्सिङ संघ गण्डकीका अध्यक्ष विद्या प्रसाद मर्सानीले बताए । उनका अनुसार राष्ट्रियस्तरको च्याम्पियनसिप पोखरामा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता बाहेक १७ वर्षपछि आयोजना हुन लागेको हो ।
प्रतियोगिता सम्पन्न गर्न १२ लाख रुपैयाँ खर्च लाग्ने अयोजकले अनुमान गरेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला