दोहोरी साँझ स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि निरमाया दोहोरी साँझलाई

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । दोहोरी साँझ स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि निरमाया दोहोरी साँझले हात पारेको छ ।
पोखरा कलाकार खेलकुद संघको आयोजनामा फुलबारी स्थित ग्रीन गार्डन स्पोर्ट हबमा आयोजित प्रथम अन्तर दोहोरी साँझ स्तरीय महिला भलिबलको उपाधि पोखरा चिप्लेढुंगा स्थित निरमाया दोहोरी साँझले हात पारेको हो ।

प्रतियोगिताबाट बाराही दोहोरी साँझ दोस्रो र आयोजक तेस्रो भएको छ । विजयी भएसँगै निरमायाले खसी उपहार प्राप्त गरेको छ ।
निरमायाबाट सिता मगर, इन्दिरा पुन मगर, निरुता थापा मगर, माया पुन मगर, एलिना पुन मगर, सुष्मा पुन मगर, सुनिमा गुरुङ, लक्ष्मी गुरुङ खेलेका थिए । उनीहरुलाई रोशन थापा मगरले कोच गरेका थिए ।

निरमाया दोहोरीकै सीता काउचा मगर उत्कृष्ट खेलाडी घोषित हुँदै नगद सहित भलिबल प्राप्त गर्नुभयो ।
उक्त प्रतियोगितामा पोखरामा संचालित ८ वटा महिला समुहको सहभागिता रहेको थियो ।
सो अवसरमा रस्साकस्सी र म्युजिकल चियर प्रतियोगिता समेत भएको थियो । रस्साकस्सीमा निरमाया दोहोरी साँझले नै जितेको छ भने म्युजिकल चियरमा समेत निरमाया दोहोरी साँझकी निरुता थापामगरले जित्नुभएको छ ।

पोखरा लोकदोहोरी रेष्टुरेण्ट व्यवसायी संघका अध्यक्ष जीवन गुरुङ दोहोरीको सफलता प्रति खुशी हुँदै भाइचाराको सम्बन्ध स्थापित गर्न यस्ता प्रतियोगिताको आयोजना हुँदै जानुपर्ने बताउनुभयो ।
संचालक सुरेन्द्र गुरुङले दोहोरीका कलाकार खेलमा समेत उत्कृष्ट भएको देख्न पाउँदा खुशी लागेको उल्लेख गर्दै निरमाया दोहोरी साँझ पारिवारिक दोहोरी साँझ भएको बताउनुभयो । यस्ता खालका प्रतियोगितामा आगामी दिनमा समेत सहभागी हुँदै जाने भनाई उहाँको छ । विगत २१ वर्षदेखि निरमाया दोहोरी साँझले सेवा प्रवाह गरिरहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला