
पोखरा । धौलागिरी विद्यार्थी समाज पोखरा विश्वविद्यालयले चित्रकला प्रतियोगिता तथा प्रर्दर्शन आयोजना गर्ने भएको छ ।
आउँदो जेठ २३ गते बुधबार कार्यक्रम सञ्चालन हुन लागेको हो । उक्त कार्यक्रममा प्रतियोगिले स्वतन्त्र रुपमा आफ्नो कला देखाउन पाउने छन् ।
पोखरा विश्वविद्यालयमा हुन लागेको यस प्रतियोगितामा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा अध्ययनरत सम्पूर्णले भाग लिई आफ्नो प्रतिभा प्रस्तुत गर्न पाउनेछन् ।
समाजका अध्यक्ष विकास जङ्ग कुँवरले उक्त प्रतियोगितामा उत्कृष्ट पाँचमा पर्न सफल हुने चित्रकला बजारीकरण गरिने र दीर्घकालिन रुपमा आर्ट ग्यालरीमा राखी प्रदर्शनी गरिने व्यवस्था रहेको जानकारी गराउनुभएको छ ।
समाजका कार्यकारी निर्देशक सन्तोष गुप्ताले कार्यक्रमलाई सम्पन्न गर्न सबैको साथको आवश्यकता भएकाले सहयोग गर्न विद्यार्थी कल्याणकारी आग्रह गर्नुभएको छ ।
कुँवरले बिद्यार्थीहरूलाई सृजनात्मक बनाउन अतिरिक्त कृयाकलापहरु मध्य चित्रकला पनि हो र चित्रकलाबाट बिध्यार्थीले लाभ लिन सकुन् र बिद्यार्थीहरु सृजनात्मक कर्ममा लाग्न प्रेरित हुन भन्ने उद्धेश्य रहेको बताउनुभयो ।