
बांके । १४ औ टिकाराम स्मृति दिवसको अवसरमा कोहलपुरको श्री ज्योती माध्यमिक विद्यालयको साप्ताहिक कार्यक्रम मध्य एक दिवसीय चित्रकला कार्यशाला गोष्ठी तथा प्रतियोगिता सम्पन्न भएको छ ।
कार्यक्रममा दुई दर्जनभन्दा बढी बिद्यार्थीहरूले भाग लिएका थिए, कलाकार बिक्रम शिशिरले प्रशिक्षण दिनुभएको थियो ।
उक्त कार्यक्रमको सहजीकरण साहित्यकार प्रकास मरासिनीले गर्नुभएको थियो ।
शिक्षामा कलाको भुमिका शिर्षक रहेको चित्रकला प्रतियोगितामा प्रथम सामना पुन मगर, द्धितिय सिता सारु मगर तथा तृतीय आरंभ प्रधान हुन सफल भएका थिए ।
पुरस्कृत बिद्यार्थीहरू पुरस्कार बितरण गर्दै बिद्यालयका प्रधानाध्यापक दामोदर पौडेलले बिद्यार्थीहरूलाई सृजनात्मक बनाउन बिधालयले गर्ने अतिरिक्त कृयाकलापहरु मध्य चित्रकला पनि हो चित्रकलाबाट बिध्यार्थीले लाभ लिन सकुन् भन्ने बिद्यालयको उद्धेश्य रहेको बताउनुभयो ।
प्रशिक्षक बिक्रम शिशिरले पुरस्कृत बिद्यार्थीहरू प्रशिक्षकले पुरस्कारको सामग्री उपलब्ध गराएको जानकारी गराउदै स्वयंम ब्यक्तिको ईच्छा शक्तिले नै साकार रूप लिन सक्ने बिद्यार्थीको मनोबिज्ञान बुझेर यस्ता खाले सृजनात्मक कृयाकलापहरु हरेक बिद्यालयहरुले गर्न सके बिद्यार्थीहरु सृजनात्मक कर्ममा लाग्न प्रेरित हुने बताउनुभयो ।
उहाँले बालबालिकालाई बालबालिकाकै शैलीका अतिरिक्त कृयाकलापहरु हुन सके मात्र बिद्यालयहरु बाल मैत्री हुने बताउनुभयो ।
प्रशिक्षक बिक्रम शिशिर ललितकला विभाग राष्ट्रिय जनसांकृत मंच नेपालको केन्द्रीय सदस्य हुनुहुन्छ ।