जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा सिमलचौरस्थित जनप्रिय बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का नियुक्त हुनुभएको छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले नियुक्तिपत्र दिइ खड्कालाई क्याम्पस प्रमुखमा पदस्थापन गराउनुभयो ।

अध्यक्ष विजुक्छेले विद्यमान चुनौतीलाई पार लगाई क्याम्पसको वृहत्तर विकास र शैक्षिक गुणस्तर सुधारका लागि काम गर्न सुझाउँदै क्याम्पसको प्रशासनिक र प्राज्ञिक उन्नयनमा लाग्न शुभकामना दिनुभयो ।

नवनियुक्त क्याम्पस प्रमुख रमेशबहादुर खड्काले पदभार ग्रहण गर्दै क्याम्पसको आन्तरिक नीतिनियमलाई चुस्तदुरुस्त व्यवस्थित बनाई समस्या समाधान गर्ने, विश्वविद्यालय अनुदान आयोगको कामलाई गतिशील बनाउने, शिक्षक कर्मचारीको वृत्ति विकासका लागि ठोस काम गर्ने, त्रिभुवन विश्वविद्यालयबाट नयाँ शैक्षिक कार्यक्रम ल्याउने, क्याम्पसलाई केन्द्रमा राखी जनप्रियको शाख र गरिमा बढाई शैक्षिक गुणस्तर अभिवृद्धि गर्न लागी पर्ने बताउनुभयो ।
खड्काले आफ्नो सक्रियता र सकारात्मक भूमिकालाई प्रभावकारी बनाउँदै बोलेरभन्दा पनि काम गरेर देखाउने प्रतिवद्धता गर्नुभयो ।
विगत १५ वर्षदेखि अध्ययापनरत उपप्राध्यापक खड्का अर्थशास्त्रका एमफिल गर्नुभएको उहाँ यसअघि सहयाक क्याम्पस प्रमुख हुनुहुन्थ्यो ।
२०७९ भाद्र २ गते मतदानबाट क्याम्पस प्रमुखमा छनौट भएका लोकराज भण्डारीले स्वाध्ययनका लागि राजिनामा दिनुभएको थियो ।
क्याम्पस सञ्चालक समितिको जेठ ३ गतेको बैठकको निर्णय र क्याम्पस सञ्चालन सम्बन्धी नियमावली २०५४ को सातौँ संशोधन २०७६ को नियमानुसार खड्कालाई निमत्त क्याम्पस प्रमुखमा नियुक्त गरिएको प्रशासक एकनारायण अर्यालले जानकारी दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला