फोब्र्सको ३० वर्ष मुनिका प्रभावशाली व्यक्तिको सूचीमा नेपालकी श्रेया गिरी

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । काठमाडौंकी २८ वर्षीया श्रेया गिरी फोब्र्स म्यागेजिनको ३० वर्ष मुनिका ३० जनाको सूचीमा एशियाबाट छनौट हुनभएको छ ।

फोब्र्स म्यागेजिनले बिहीबार सार्वजनिक गरेको सूचीमा ‘सोसल इम्प्याक्ट’ विधामा उहाँ सन् २०२४ को एशियाका प्रभावशाली युवाको सूचीमा पर्नुभएको हो ।

गिरी मानसिक स्वास्थ्य सम्बन्धी डिजिटल प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक हुनुहुन्छ । लण्डनमा स्नातकोत्तर अध्ययन गरिरहँदा कोभिड महाव्याधी सुरु भयो ।
लण्डनमा स्नातकोत्तर अध्ययन सकेर नेपाल फर्किएपछि उहाँले ‘ह्याप्पी माइन्ड्स’ सुरु गर्नुभएको हो ।

मानसिक स्वास्थ्य समस्या सिर्जित नकारात्मक दृष्टिकोण र विश्वासजन्य चुनौतीहरूविरुद्ध काम गर्न नेपाल फर्कनुभएको गिरीले सुरु गरेको ह्याप्पी माइन्ड्सले भौतिक र भर्चुअल दुवै तरिकाले विश्वभर नै मानसिक परामर्श प्रदान गर्छ भने विभिन्न वर्कसप पनि सञ्चालन गर्छ ।

यो भौतिक उपस्थितिका साथै अनलाइनबाट पनि मानसिक स्वास्थ्य परामर्श दिने प्लेटफर्म हो । संस्थाले विश्वका जुनसुकै स्थानमा रहेका नेपालीलाई सेवा दिन्छ ।

https://www.forbes.com/profile/shreeya-giri/?sh=4725d6ff607f

 

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला