वी.पी.स्मृति भवनको निर्माण कार्य सुरु

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । वीपी स्मृति भवन गण्डकी प्रदेश निर्माण समितिद्वारा वी पी स्मृति भवन गण्डकी प्रदेशको निर्माण कार्य सुरु भएको छ ।
पोखरा १९ लामाचौरमा रहेको आफ्नै जमिनमा अक्षय तृतीयाको पावन अवसरमा संकल्पित भवन आज ( मगंलबार ) एक कार्यक्रम गरि निर्माण कार्य सुरु गरिएको समितिका अध्यक्ष माधव प्रसाद बास्तोला (मधु) ले जानकारी गराउनुभयो ।

अध्यक्ष बास्तोलाका अनुसार नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति एवम् संरक्षण शुक्रराज शर्माले इट्टामा बालुवा र सिमेन्टको मसला राखी निर्माण कार्यको शुभारम्भ गरिएको बताउनुभयो ।
नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले उक्त शुभारम्भ कार्यक्रममा “एतिहासिक काम नेपाली कांग्रेस गण्डकी प्रदेशले आजबाट सुरु भएको छ । नेपाली कांग्रेसलाई माया गर्ने सम्पूर्ण व्यक्तिहरु एकवद्दता भई इमान्दारितापूर्वक हातेमालो गरौं, हनुमानजीको आशिर्वादले समयमा नै भवनले पूर्ण सार्थकता पाउछ” भन्नुभयो ।

भवन निर्माणको पहिलो चरणमा करिब १ करोड लागत लाग्न सक्ने प्राविधिक अनुमान गरिएको र बाँकी कामको लागि थप ४ करोडको आवश्यक पर्ने निर्माण समितिले जानकारी गराएको छ ।
यही असोज मसान्त अगाडि नै कार्यालयबाट प्रवाह हुने सेवा कार्य सुरु हुनेगरी निर्माण कार्य सक्ने समेत निर्माण समितिको उद्घोष रहेको छ ।

स्थानीय वासिन्दा, नेपाली कांग्रेस गण्डकी प्रदेश पदाधिकारी, सदस्य, भवन निर्माण समितिका पदाधिकारी, सदस्य, सल्लाहकार र प्राविधिकहरुको उपस्थिति रहेको कार्यक्रममा पुजा सकिए लगतै स्थानीयहरुले भजन किर्तन गरेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला