अनमोल र जसिताको “अन्तिम माया” (भिडियोसहित)

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । अनमोल केसी र जसिता गुरुङ स्टारर फिल्म फर्की फर्कीको “अन्तिम माया” बोलको गीत सार्वजनिक भएको छ ।
नरेन लिम्बुको करिब एक दशक अगाडिको हिट नम्बरलाई पुनः रेकर्ड गरि फर्की फर्की टिमले यो गीतलाई फिल्ममा समावेश गरेको हो । पछिल्लोपटक रेकर्ड भएको गीतलाई नरेनले नै गाउनुभएको छ ।

सार्वजनिक गीतको भिडियोमा फिल्मका मूख्य अभिनेता अनमोल केसी र अभिनेत्री जसिता खड्का फिचर्ड छन् ।
कुनै बेला युवापुस्तामाझ सर्वाधिक हिट रहेको गीतलाई पुनः रेकर्ड गरेर फिल्ममा समावेश गर्दा पछिल्लो पुस्ताले पनि यो गीतलाई रुचाउनेमा फिल्मको निर्माण यूनिट आशाबादी देखिएको छ ।

फिल्मको “सिचुएशन”सँग मिल्दो भएका कारण यो गीतलाई फिल्ममा समावेश गरेको फिल्म निर्माण कम्पनी रोहित अधिकारी फिल्म्सले जनाएको छ । सार्वजनिक गीतका भिडियोमा अनमोल र जसिताबीचको सम्बन्ध र प्रेममा आएको दरारलाई देखाउन खोजिएको छ ।

फर्की फर्कीको पछिल्लो सार्वजनिक गीत अन्तिम मायालाई नरेन लिम्बुले नै लेख्नुका साथै कम्पोज गर्नुभएको हो ।
ट्रेलर र गीतहरुमार्फत दर्शकमाझ हाइप बनाएको फिल्म फर्की फर्की आगामी जेठ १० गतेदेखि देशव्यापी प्रदर्शन हुँदैछ ।

 

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला