बागलुङमा रोग प्रतिरक्षा शक्तिको कमीसम्बन्धी सचेतनामूलक कार्यक्रम

नगेन न्यूज
  • ख-
  • ख+

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकास्थित बुर्तिबाङ स्वास्थ्य चौकीमा रोग प्रतिरक्षा शक्ति कमी भएका बिरामीहरूको पहिचान र उपचारसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल प्यासेन्ट इनिसिएटिभ फर प्राइमरी इम्युडिफिसिएन्सिज एन्ड इनबर्न एरर्स (NePOPII ) नामक संस्थाको आयोजनामा भएको कार्यक्रममा डा. धर्मागत भट्टराईले सहजीकरण गर्नुभएको थियो । उहाँले कुन कुन लक्षण देखिएमा प्रतिरक्षा शक्तिको कमी भएको मान्ने भन्ने विषयमा जानकारी दिनुभएको थियो ।

रोगको लक्षण देखिएमा त्यसको गहिराइमा पुगेर कारण खोज्नेतर्फ ध्यान दिनुपर्ने डा. भट्टराईले बताउनुभयो । भट्टराई नेपालका एक मात्र इम्युनोलोजिस्ट हुनुहुन्छ ।
संस्थाका अध्यक्ष सन्दिप पौडेलले रोग प्रतिरक्षा शक्ति कमी भएका कारण विभिन्न रोगहरू लाग्न सक्ने भएकाले त्यससम्बन्धी सचेतना अभियान सञ्चालन गरिएको बताउनुभयो । उहाँले वैशाख १५ गते पोखराबाट सुरु भएको अभियानको दोस्रो कार्यक्रम बागलुङमा सञ्चालन गरिएको जानकारी दिनुभयो ।
देशभरि नै यो अभियान अघि बढाउने पौडेलले बताउनुभयो । रोग प्रतिरक्षा शक्तिको कमीका कारण विभिन्न रोगबाट पीडितहरूको संस्थाका रूपमा NePOPII N गठन गरी अघि बढिएको उहाँको भनाइ थियो । विश्व PI सप्ताहअन्तर्गत सचेतना अभियान जारी रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा बिरामी, बिरामीका परिवारका सदस्यहरू, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, समाजसेवी र कर्मचारीहरूको सहभागिता रहेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला