पोखरामा जन्मप्रदत्त एवम् रोग प्रतिरक्षाको कमीसम्बन्धी सचेतनामूलक कार्यक्रम

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरामा जन्मजात रोग प्रतिरक्षा कमी भएका बिरामीहरूको पहिचान र उपचारसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल प्यासेन्ट इनिसिएटिभ फर प्राइमरी इम्युडिफिसिएन्सिज एन्ड इनबर्न एरर्स ( NePOPII ) नामक संस्थाको आयोजनामा भएको कार्यक्रममा नेपालका एक मात्र इम्युनोलोजिस्ट डा. धर्मागत भट्टराईले सहजीकरण गर्नुभएको थियो ।

डा. भट्टराईले नेपालमा रोग प्रतिरक्षा शक्तिको कमी भएका बिरामीको पहिचान नै हुन नसकेकोतर्फ ध्यानाकर्षण गराउँदै नेपाल सरकारले यससम्बन्धी चासो बढाउनुपर्नेमा जोड दिनुभयो ।
विश्वका कतिपय मुलुकमा इम्युन कमी भएका बिरामीको निःशुल्क उपचार भइरहेको अवस्थामा नेपालमा भने स्वास्थ्यकर्मीमा समेत यससम्बन्धी जानकारी नहुनु दुःखद भएको उहाँको भनाइ थियो ।

“घरको कोठमा लागेको ढुसी हटाउँदैमा ढुसीको समस्या समधान हुँदैन, त्यसको कारणसम्म पुगेर निदान गर्नुपर्छ” डा. भट्टराईले भन्नुभयो , “ज्वरो आयो भने एन्टिबायोटिक वा सिटामोल दिएर केही बेर सञ्चो बनाउँदैमा रोग निको भएको मान्नुहुँदैन, कारण पत्ता लगाएर उपचार गर्नुपर्छ ।”
उहाँले एउटै समस्या पटक पटक देखियो भने इम्युनसम्बन्धी समस्या हो कि भनेर शङ्का गर्नुपर्ने बताउदैं नेपाल सरकारले इम्युनोलोजिस्ट बढाउनेतर्फ ध्यान दिएर कैयौँ जनतालाई अकाल मृत्युबाट जोगाउनुपर्नेमा भट्टराईले जोड दिनुभयो ।
डा. भट्टराई काठमाडौँस्थित इम्युनोकेयर उच्च रोग–प्रतिरक्षा तथा बाथरोग केन्द्रमा कार्यरत हुनुहुन्छ ।
संस्थाका अध्यक्ष सन्दिप पौडेलले आफूहरूले इम्युनको कमी भएका बिरामीहरूको अभिभावक मिलेर संस्था स्थापना गरी यस्तो समस्याको पहिचान गरी समाधानतर्फ लाग्नका लागि सचेतना फैलाउने अभियान सञ्चालन गरेको जानकारी दिनुभयो ।
उहाँले रोगबाट पीडित अरू पनि छन् र उपचार सम्भव छ भन्ने जानकारी आम मानिसमा पु¥याउन संस्थाले कार्यक्रम गर्ने बताउनुभयो ।

पौडेलका ८ वर्षीय छोरा सुशान्त पौडेल इम्युन कमीसम्बन्धी विश्वकै एक दुर्लभ रोगका कारण हाल भारतको दिल्लीमा उपचाररत हुनुहुन्छ । उहाँ त्यस्तो रोगले पीडित विश्वकै १८ औँ बच्चा हुनुहुन्छ ।
पौडेलले उपचारका लागि आवश्यक औषधिसमेत नेपालमा वैधानिक रूपमा प्रयोग गर्न नपाइने अवस्था रहेको अनुभव सुनाउदैं पीडितहरूको सङ्गठित आवाज नेपाल सरकारसम्म पु¥याएर सहज उपचारका लागि व्यवस्था होस् भन्ने पनि संस्थाको उद्देश्य रहेको बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला