हेटौंडा कला महोत्सव जेठ ३ गतेदेखि

नगेन न्यूज
  • ख-
  • ख+

हेटौडा । सट्रडे प्लेनएअर (Saturday Plain Air)को आयोजनामा मानव सेवा प्रति समर्पित हेटौंडा कला महोत्सव जेठ ३ गतेदेखि ५ गतेसम्म हुने भएको छ ।
महोत्सव सयोंजक दिवेश प्रधानले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको सहकार्यमा हुने महोत्सवमा चित्रकला प्रदर्शनी , कार्यपत्र प्रस्तुति , खुल्ला चित्रकला कार्यशाला , कला संवाद , प्रत्यक्ष चित्रकला सिर्जना हुने जानकारी दिनुभयो ।

सट्रडे प्लेनएअर (Saturday Plain Air)का अध्यक्ष राकेशचन्द्र श्रेष्ठले ऐतिहासिक, सांस्कृतिक एवं पर्यटकीय गरिमालाई ललितकलाको माध्यामबाट संरक्षण एवं पर्यटकीय प्रवर्धन गर्ने कार्यमा सहयोग गर्ने बताउदै हेटौडावासीमा कलाप्रेम जगाई यहाँको रैथाने ललितकलाको ज्ञानलाई अभिलेखीकरण गरी जीवन्त राख्ने विश्वास व्यक्त गर्नुभयो ।

सट्रडे प्लेनएअर(Saturday Plain Air)को हेटौंडा शाखा प्रमुख सुजन राईले कला महोत्सवले हेटौंडालाई कला नगरीको रुपमा स्थापित गर्ने कार्यमा सहयोग गर्ने तथा वागमती प्रदेशमा कला, संस्कृतिको क्षेत्रमा यस नगरले नेतृत्वदायी भूमिका खेल्ने बताउनुभयो ।

सयोंजक प्रधानले प्रत्येक शनिबार हेटौंडाका बिभिन्न ठाउमा सिर्जना गरेका चित्रहरु चित्रकला प्रदर्शनी हुने बताउनुभयो । उहाँले सिद्धार्थ हलमा चित्रकला प्रदशनी हुने तथा, भुटनदेवी मन्दिर , पुष्पलाल पार्क , शहीद स्मारक पार्कमा चित्रकला कार्यशाला हुने जानकारी दिनुभयो ।

सयोंजक प्रधानले वागमती प्रदेशको राजधानी घोषणा भइसकेपछि यस क्षेत्रको गौरव झन् बढेकाे बताउदै प्राकृतिक एवं सांस्कृतिक विविधताले सम्पन्न हुँदाहुँदै पनि यहाँका प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरु ओझेलमा पर्न गएको कारणले हेटौंडा उपमहानगर क्षेत्रका प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुसँग राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रत्यक्ष साक्षात्कार गराई सिर्जनामूलक वातावरण बनाउने हेतुले कला महोत्सव गर्न लागिएको बताउनुभयो ।

हेटौडा उपमहानगरका प्रमुख ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरुको प्राचीनता, मौलिकता र जीवन्तता कायम रहने गरी ललितकलाको माध्यमबाट तिनको संरक्षण र प्रवर्धनमा टेवा दिने छ ।
चित्रकला प्रदर्शनी करिब २००० जनाले हेर्ने अनुमान आयोजकले गरेको छ भने कला कार्यशालामा करिब ३००० जना साक्षातकार हुने र समाजिक संजाल मार्फत करिब ५०००० जनाले अवलोकन गर्ने बिश्वास आयोजकले गरेको छ ।

कला महोत्सवमा ख्याति प्राप्त वरिष्ठ अतिथी कलाकार ५ र शनिवारीय कला अभियान (Saturday Plain Air) का २० जना र हेटौंडा,मकवानपुरका स्थानिय २५ गरी कुल ५० जना कलाकारहरुको प्रत्यक्ष सहभागिता रहने छ ।
कला महोत्सवलाई अनुसन्धानात्मक बनाउन इतिहासकार तथा संस्कृतिविद्, फोटोग्राफर र क्युरेटरको समेत भूमिका रहने छ ।

कला महोत्सवको उद्देश्य
▪ हेटौडा उपमहानगरका प्रमुख ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदाहरुको स्थलगत चित्रकला कार्यशाला गरी तिनको प्रर्दशनी गर्ने ।
▪ चित्रकलाका माध्यमबाट ऐतिहासिक, सांस्कृतिक तथा पर्यटकीय सम्पदाहरुको दिगो संरक्षणको सन्देश प्रवाह गर्ने
▪ वागमती प्रदेशको राजधानी हेटौडालाई कलानगरको रुपमा स्थापित गर्न भूमिका खेल्ने ।
▪ हेटौडामा कला बिकाशको पूर्वाधार निर्माणका लागि स्थानिय एंव प्रदेश सरकारलाई अभिप्रेरित गराउने

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला