पोखरा ६ मा साबुन,सर्फ,भाडा धुने झोल साबुन तथा आयमुलक तालिम सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ को आयोजनामा भएको साबुन, सर्फ, भाडा धुने झोल साबुन सिप तथा आयमुलक ५ दिने ब्यवासयी तालिमहरुको मंगलबार सकिएको छ ।
वडा नं ६ वडा समितिको कार्यालयको सहयोगमा “साबुन, सर्फ, भाडा धुने झोल साबुन सिप तथा आयमुलक” कार्यक्रम जनजाति, अल्पसख्यंक, उत्पीडित, मुस्लिम, दलित र निम्न आय भएका वेरोजगार तथा गृहणीलाई लक्षित गरेर शिपमुलक तालिम सञ्चालन गरिएको हो ।

तालिम ८० जना गृहणी महिलाहरुको सहभागिता रहेको तालिममा दुई समुह बनाइ प्रशिक्षण दिइएको थियो ।

समापन कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सासंद देवका पहारी त्रिपाठीले तालिम अत्यन्तै उपलव्धीमुलक रहेकाले यसलाई वजारीकरण गर्न सुझाव दिनु भयो । पहारीले तालिमपछि व्यवसाय प्रवद्र्धनमा पनि ध्यान दिनु पर्ने कुरामा जोड दिदै, उहाँले तालिमले बेरोजगारी समस्या न्यूनीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
तालिममा सहभागीहरुलाई साबुन बनाउने मेशिन प्रदान गर्दै वडा अध्यक्ष बिष्णु वहादुर भट्टराईले साबुन बनाएर आर्थिक उपार्जनको माध्यम बनाउन आह्वान गर्नु भयो । भट्टराईले वडाले महिला तथा युवा लक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्ययोजना बनाएको बताउनु भयो ।

पोखरा महानगर पालिका वडा न ६ का सचिब राम बहादुर खत्रिले सिकाइलाई प्रभावकारी बनाउन अनुरोध गर्नु भएको थियो । खत्रिले तालिमबाट सिकेको ज्ञानबाट लाभ लिन सकेमात्र तालिमको औचित्यता पूरा हुने बताउनु भयो ।
कार्यक्रमका संयोजक तथा वडा सदस्य शोभा जलारीले तालिममा सीकेको शिपलाई व्यवहारमा उतार्न सल्लाह दिदै सिकाइलाई प्रभावकारी बनाउन अनुरोध गर्नुभयो ।
सुचनाका हकका लागि राष्ट्रिय सञ्जाल महानगर संयोजक अनिल थापाले सिकेको ज्ञानलाई ब्यवहारमा उर्तान आग्रह गनुभयो ।
“प्लान स्टार सानो संसार” काठमाण्डौका प्रशिक्षकहरुले प्रशिक्षण दिएको तालिममा सहभागि प्रशिक्षार्थीहरु मिना जलारी, चित्रा परियार,लक्ष्मी भुर्तेल अधिकारी र लिला सुनारहरुले आफ्नो सिकाई अनुभव शेयर गर्नु भएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला