सरकारले राष्ट्रिय झण्डा दिवस घोषणा गर्नुपर्छ

"सिहंप्रभात"ठकुरी
  • ख-
  • ख+

सम्पादकीय, नयाँ वर्ष २०८१ काे अवसरमा शुभकामना आदानप्रदानसहित झण्डा दिवस पोखरामा मनाउने कार्यक्रममा बिश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महा अभियानका महाअभियन्ता प्राज्ञ नगेन सिहं पुग्नुभयो त्याहाँ परिवर्तनका लागि हामी अभियान नेपालका संयाेजक नबिन श्रेष्ठ, जनता जनार्दन अभियान नेपालका संयोजक शिवराज बस्ताकोटी (शिवदाइ), वागेस्वरी असल शासन क्लव (बास) कास्कीको अध्यक्ष रवि भण्डारीकाे संयुक्त आयोजनामा झण्डा दिवस मनाईरहेका थिए ।
राष्ट्र,राष्ट्रियता र राष्ट्रिय स्वाधिनताका लागि ‘नयाँ वर्ष नयाँ काम, राष्ट्रिय झण्डा दिवस मनाम’ भन्ने मुल नारा सहित पोखरामा झण्डा दिवस मनाइएको थियोे ।

कार्यक्रमका प्रमुख अतिथि पत्रकार महासंघ कास्कीका पुर्व अध्यक्ष तथा एभरेष्ट एफ एमका प्रमुख दिपेन्द्र श्रेष्ठले नयाँ वर्षको शुभकामना दिदै राष्ट्रिय झण्डाको बारेमा प्रकाश पार्नुभएको थियो ।
राष्ट्रिय एकताको पहिचान भएको राष्ट्रको स्वाभिमान भनेकै राष्ट्रिय झण्डा रहेको बताउँदै उहाँले विश्वकै राष्ट्रहरुका राष्ट्रिय झण्डा मध्येमा नेपालको राष्ट्रिय झण्डा फरक आकर्षक रहेको बताउनुभयो ।

कार्यक्रममा वातावरण सरक्षणका लागि महाअभियान कास्की संयोजक रामवहादुर पौडेल, नागरिक समाज कास्कीका अध्यक्ष विष्णुहरि अधिकारी, जिरो किमि अभियान महिला समूहकी संयाेजक लक्ष्मी शर्मा लगायत सम्पुर्ण पदाधिकारी तथा सदस्य, घर वहाल सरोकार महासंघका गण्डकी प्रदेश अध्यक्ष कमल न्यौपाने, वडा नम्वर ५ सदस्य वडा सदस्य गोविन्द पराजुली रेडियाे सार्थक ८९.१ मेगाहर्जका कार्यकारी निर्देशक तिर्थ के.सी. लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि तथा अभियानकर्मीहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम पोखराको जिरो किमीबाट झण्डा सहित शुरु भई सिर्जनाचोक हुदै सभागृहमा पुगि समापन गरिएको थियो ।
यसरी देशै भरि बासको अग्रतामा वैशाख १ गते मनाउन लागेको पनि ७ बर्ष भएछ ।
झण्डा दिवसको पहिलो वर्ष राष्ट्र गानका रचयिता व्याकुल माईलाको प्रमुख उपस्थितीमा नेपालगन्ज
रंगशालामा सम्पन्न भएको थियो । भने
दोश्रो चन्द्र सूर्य अभियानका अभियन्ता, कलाकार,
बिमान चालक बिजय लामा र तेस्रोपटक नेपाल पत्रकार महासँघका पूर्व केन्द्रिय अध्यक्ष तथा राससका प्रमुख धर्मेन्द्र झाको प्रमुख उपस्थिती थियो ।
सोही वर्ष काठमाण्डौंको माईतिघर मण्डलामा साहित्यकार,संस्कृतिबिद् सत्यमोहन जोशीको उपस्थितीमा दिवस सम्पन्न भएको थियो भने नेपालगन्ज, पोखरा लगाएतका स्थानहरुमा पनि दिवस मनाईएको थियो । र हिजो पनि मनाईयो ।

अर्कोतिर राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले पुसको १ गते राष्ट्रिय झण्डा दिवस मनाउनलागेको पनि ६ बर्ष लागेछ । जसलाई हाम्रो पात्रो एपमा पनि राखिएको छ ।
‘१९६२ डिसेम्बर १६ को दिन २०१९ साल पुसको १ गते संयुक्त राष्ट्रसंघमा नेपालको झण्डालाई अंगीकार गरिएको र अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएको दिनको रुपमा सम्झिएर झण्डाको पहिचानलाई उजागर गरि नेपालीलाई नै झण्डाको एउटा महत्व बुझाउन र युवा पुस्तालाई झण्डाप्रति जागृत गराउन यो दिवस शुरु गरेको राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले
हरेक वर्ष राष्ट्रिय झण्डा दिवस मनाउदै आईरहेको छ ।

२५ सय वर्ष अघि भगवान गौतम बुद्ध जन्मनु अघि पनि यस झण्डाको प्रयोग भएको प्रमाणित तथ्य छ । त्यस भन्दा धेरै अघिदेखि यो झण्डा प्रचलनमा छ ।

यसरी हरेक नेपालीले आ-आफ्नो तरिकाले नेपालको राष्ट्रिय झण्डा दिवस मनाउन थाले भने ३६५ दिनै झण्डा दिवस भैरहला भन्न सकिन्न तसर्थ नेपालीहरुमा एकताको संदेश दिन र हुनसक्ने सम्भाबनालाई बेलैमा सम्बोधन गर्नु पर्ने आजको आवश्यकता अपिहार्य रहेको छ ।

नेपाल सरकारले आधिकारिक रुपमा राष्ट्रिय झण्डा दिवस घोषण गरेर संम्पूर्ण बिश्वसमुदायलाई नेपालीहरुको एकता सन्देश फैलाउनु अहिलेको अबस्था भएको बिश्व उत्कृष्ट गन्तव्य नेपाल बनाउने महा अभियानका महाअभियन्ता प्राज्ञ नगेन सिहं बताउदै यसको लागि पहल गर्न सबै अभियान्तालाई आवहान गर्नु भएको छ ।

राष्ट्रिय झण्डा दिवस घोषण गरेर विद्यालय तहको पाठ्‌यक्रममा पाठ्‌यसामाग्री तयार गरी चेतनाको मुल फुटाउन सकिन्छ । स्थानिय तहसँगको सहकार्यमा-रयाली, सडक – नाटक, चित्रकला प्रदर्शनी आदी आयोजना गरी तल्लो तहसम्म चेतना प्रवाह गर्न सकिन्छ । स्थानिय रेडियो, टि.भी., एफ. एम. का माध्यमबाट चेतनामुलक सामाग्री प्रसारण गरेर पनि चेतना बिस्तार गर्न सकिन्छ ।
अन्त्यमा, नेपाल सरकारले राष्ट्रिय झण्डा दिवस घोषण गरेर द्वन्द्व रहित समाज श्रृजना गर्नु नै आजको आवश्यक हो ।
– सम्पादक

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला