चिवहाल आर्ट ईस्टिच्युटको सामूहिक चित्रकला कार्यशाला तथा प्रदर्शनी

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । चिवहाल आर्ट ईस्टिच्युटको आयोजनामा ७ औं सामूहिक चित्रकला कार्यशाला तथा प्रदर्शनी पोखरामा आयोजना भएको छ ।
पोखरा आर्ट ग्यालरीमा ५० जना कलाकाहरुले तयार पारेका विभिन्न कलाकृति प्रदर्शनीमा छन् ।
चित्रकला कार्यशाला तथा प्रदर्शनीका कार्यक्रम संयोजक हेमकान्ति गुरुङ्गले चिवहाल आर्ट ईस्टिच्युटबाट विभिन्न स्थानमा आर्ट कार्यशाला गरी तयार गरिएका कलाकृति प्रदर्शनीमा राखिएको जानकारी दिनुभयो ।

प्रदर्शनीको उद्घाटन गर्दै कार्टुनिष्ट दुर्गा बराल बात्सायनले चित्रकलाले नेपालमा मात्रै नभई विदेशमा पनि चिनाउने कार्य गरेको बताउनुभयो ।
प्राज्ञ रमेश श्रेष्ठले चिवहाल आर्ट ईस्टिच्युटले विभिन्न ठाँउमा चित्रकला कार्यशाला तथा प्रदर्शनी गर्ने कार्यलाई प्रशंसा गर्दै आगामि दिनको कार्यक्रमको शुभकामना दिनुभयो ।

प्राज्ञ बुद्धि गुरुङ्गले कलाकाहरुले विभिन्न ठाँउको भ्रमण गर्नुपर्ने बताउदै चित्रकला कार्यशालाले सिर्जनामा निखारता आउने बताउनुभयो ।
यस्तै विश्वकला यात्री प्राज्ञ नगेन सिहले ले ललितकला देश विकासको मेरुदण्ड भएको बताउदैं कलाको विकासविना देशको विकास सम्भव नहुने बताउनुभयो ।


ईस्टिच्युटका सञ्चालक राजन महर्जनले ७ औं सामूहिक चित्रकला कार्यशाला तथा प्रदर्शनी सम्म पनि कुनै विशेष दाता तथा वैदेशिक सहायता विना एक आपसको सहयोग, सहकार्य र आर्थिक मुठ्ठीदानमार्फत रचनात्मक अभियान अघि बढाइरहेको बताउदै नेपाल धार्मिक क्षेत्र मुक्तिनाथ गई चित्रकला कार्यशाला गरेको जनाउनुभयो ।
प्रदर्शनी २७ चैतदेखि बैशाख २ सम्म चल्नेछ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला