एक दिवसीय लुम्बिनी प्रादेशिक आख्यान महोत्सव सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

कोहलपुर । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजना तथा कोहलपुर नगरपालिकाको सह आयोजनामा आयोजित श्रष्टा सम्मान तथा एक दिवसीय लुम्बिनी प्रादेशिक आख्यान महोत्सव सम्पन्न भएको छ ।

कार्यक्रम दुई चरणमा भएको कार्यक्रमपहिलो चरणको कार्यक्रम हाम्रो पुर्णिमा साहित्य प्रतिष्ठानले हरेक बर्ष प्रदान गर्दै आएको पूर्णिमा रत्न र तुलसी राम स्मृति पुरस्कार २०७९ प्रदान गरिएको छ उक्त सम्मान बाट क्रमश श्री राम प्रसाद ज्ञवाली र श्री रिचा लुईटेल पुरस्कृत हुनुभएको छ ।

त्यसैगरी दोस्रो चरणका कार्यक्रम नेपाल प्रज्ञाप्रतिष्ठानको आयोजना अनुसार एक दिवसीय आख्यान महोत्सवमा पाँच वटा खण्ड रहेको थियो ।

पहिलो खण्ड लुम्बिनी प्रदेशको आख्यान, दोश्रोस्रैथाने कथा , तेस्रो आख्यान कति यथार्थ कति काल्पनिक, चौथो बसाइ सराइ र समाज परिवर्तनको कथा र पांचौंमा पाच कथाकारका पाच कथा थिए ।

प्रमुख अतिथी नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति श्री भुपाल राई रहनु भएको कार्यक्रममा कोहलपुर नगरपालिका का प्रमुख श्री पुर्ण प्रसाद आचार्य बिशिष्ट अतिथी उक्त कार्यक्रममा परिषद सदस नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञ अमर न्यौपाने, महानन्द ढकाल, कृष्ण सर्वहारी, गोपाल दहित,सनत रेग्मी पुर्व सदस्य सचिव नेपाल प्रज्ञाप्रतिष्ठान, नरेन्द्र जंग पिटर, ईन्द्र बहादुर भण्डारी,पुष्प मणी प्रधान, खगेन्द्र गिरी कोपिला, कल्पना पौडेल, असोक थापा, मणी अर्याल, टिकाराम उदासी,कर्ण बहादुर थापा, प्रभात सुवेदी लगायत विभिन्न साहित्यकार कलाकार, बिद्यार्थी, शिक्षक, अभिभावक,प्राध्यापक, बुद्धिजीवी, समाजसेवी, पत्रकार, राजनीतज्ञ खेलाडी लगायतकाले महोत्सवमा उपस्थित रहेको थियो ।
करिब दुई सय हाराहारीमा सहभागी भयको उक्त कार्यक्रमको अध्यक्षता कपिल न्यौपाने र अन्जान कोसहजिकरण संस्थाका सचिव बद्री ढकाल र सहसचिव खोपिराम वलीले गर्नु भयको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला