पोखरा प्रदर्शनी केन्द्रमा श्रीमद्भागवत ज्ञान महायज्ञ बैशाख १ गतेदेखि हुने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा प्रदर्शनी केन्द्रमा श्रीमद्भागवत ज्ञान महायज्ञ हुने भएको छ । नेपाल पत्रकार महासंघ कास्कीको सभाहलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बैशाख १ गतेदेखि १० गतेसम्म श्रीमद्भागवत महायज्ञ हुने आयोजक संस्था श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ मूल समारोह समितिले जनाएको छ ।
महायज्ञमा पीठाधीष हरिहर सन्यास आश्रम देवघाटधामका प्रमुख वाचक अनन्त श्री विभूषित ज्ञानान्द सरस्वती महाराज रहने संयोजक लक्ष्मण पौडेलले बताउनुभयो ।

उहाँका अनुसार महायज्ञमा देशभरिका सन्त महन्त पीठाधीषहरुको उपस्थिति हुनेछ । सप्ताह ज्ञान महायज्ञबाट बचत हुने रकम वैदीक गुरुकुलहरुको संचालनमा सहयोग गर्ने पौडेलले बताउनुभयो ।
मुलुक धर्म, संस्कार र संस्कृतिप्रति गम्भिर रहँदै आफुहरुले उक्त महायज्ञ कार्यक्रम तय गरेको उहाँले बताउनुभयो । धर्मसंस्कृति माथि अतिक्रमण प्रति सजग रहँदै धार्मिक तथा सामाजिक जगतलाई सदभाव र एकताको सन्देश प्रवाह गर्न महायज्ञ आयोजना गरिएको हो ।

अन्योलबाट गुज्रिदै गरेको विषम् परिस्थितिमा अनेकौ वाद दर्शन र विचारहरुले दिग्भ्रमित पारिरहेको अवस्थामा यस्ता महायज्ञ कार्यक्रमले संरक्षण गर्ने भनाई उहाँको छ ।
महायज्ञमा योगाभ्यास, भागवत् पाठ पारायण, कथा प्रवचन, आरती पुष्पाञ्जली, प्रसाद ग्रहण, कर्ता भोजन, भजन कितर्न लगायतका कार्यक्रम गरिनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला