डा.डीआर उपाध्यायको नयाँ गीत ‘गासेर प्रिति’ सार्वजनिक ( भिडियो सहित )

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा.डीआर उपाध्यायको नयाँ गीत ‘गासेर प्रिति’ सार्वजनिक भएको छ ।

सागर अधिकारी ‘शरद’ र अनु चौधरीको स्वर, सागरकै संगीत, राजु कार्कीको एरेञ्ज र कुमार केसीको मिक्सिङरमाष्टरिङ रहेको सबैभन्दा कम लागतमा निर्माण भएको गीतको भिडियो सार्वजनिक भएको हो ।

शुभास श्रेष्ठ प्रधानको निर्देशन रहेको गीतको भिडियोमा राजन अधिकारी र रश्मी श्रेष्ठलाई फिचरिङ गरिएको छ ।

विनोद लामाको छायांकन रहेको भिडियोमा हिम्मत चैसिरको सम्पादन छ ।
डा.उपाध्यायले विभिन्न विधामा १३२ विश्व कीर्तिमान कायम गर्नुभएको छ ।

यस्तै, उहाँका एक दर्जन बढी उपन्यास, तीन गीति पुस्तक र ३६ एल्बम सार्वजनिक भएका छन् ।

दुई सय पचासको हाराहारीमा गीत सार्वजनिक गर्नुभएका उपाध्यायका सयौं गीतका भिडियो पनि सार्वजनिक छन् ।

 

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला