विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबलको उपाधि पुरुषतर्फ एपिएफ र महिलातर्फ सुदुरपश्चिमलाई

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । विकास शिल्ड राष्ट्रिय ह्वीलचियर बास्केटबल च्याम्पियनसिप नेपाल २०८० को उपाधि पुरुषतर्फ सशस्त्र प्रहरी बल एपीएफ क्लब र महिलातर्फ सुदुरपश्चिम प्रदेशले जितेको छ ।
सुन्दर ढोका साथि सेवाको मुख्य आयोजनामा भएको प्रतियोगिताको फाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई २९–२८ अंकले पराजित गर्दै उपाधि जितेको हो ।
फाइनलमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा त्रिभुवन आर्मी क्लबले पछिल्ला तीन क्वार्टरमा एपिएफमाथी फराकिलो अंकका साथ अघि रहे पनि अन्तिम क्वार्टरमा एपिएफ आर्मी माथी हावी हुँदै झिनो अंकले उपाधि जित्न सफल भयो ।

त्यस्तै पुरुषतर्फनै बागमतीले लुम्बीनी प्रदेशलाई २७–६ अंकले पराजित गर्दै तेस्रो स्थान पक्का गरेको छ ।

त्यसैगरी महिलातर्फ प्रतियोगिताको फाइनलमा सुदुरपश्चिम प्रदेशले लुम्बीनी प्रदेशलाई ८–४ अंकले पराजित गर्दै उपाधि जितेको छ ।
साथै कोशी प्रदेशले बागमती प्रदेशलाई १६–४ को फराकिलो अन्तरले हराउँदै तेस्रो स्थान पक्का गर्न सफल भएको हो ।

प्रतियोगितामा पुरुष र महिलातर्फका उपाधि बिजेता, उपबिजेता तथा तेश्रो हुने टिमले क्रमशः नगद रु ५०, ४० र ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।

दुई दिन देखि जारी प्रतियोगितामा एपिएफ क्लबका प्रेम बहादुर बिक १७ स्कोर गर्दै हाई स्कोर्र बन्न सफल भए भने एपिएफकै डम्बर बहादुर मगर मस्ट भेलुएबल प्लेयर घोषित हुनुभयो ।
त्यस्तै महिलातर्फ सुदुर पश्चिमकी तुलसा थापा हाई स्कोररको उपाधि जित्दा मस्ट भेलुएबल प्लेयरको उपाधि सोही प्रदेशकी एश्वेर्या कुमारी कुमाल घोषित हुनुभयो ।
उहाँहरुले ट्रफीका साथमा जनही नगद रु ५–५ हजार प्राप्त गरेका छन् ।

त्यस्तै गण्डकी प्रदेशका खेलाडी पिताम्बर थापा खेलको इर्मजीङ प्लेयर घोषित हुँदै ट्रफीका साथमा नगद रु ३ हजार हात प्राप्त गर्नुभयो ।
पोखरा रंगशालास्थित बास्केटबल कोर्ट र रामघाटस्थित पुन समाजको बास्केटबल कोर्टमा सञ्चालन भएको प्रतियोगितामा विभागीय टिम त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको टिमसहित सातै प्रदेशबाट पुरुषतर्फ ९ र महिलातर्फ ६ टिम गरी १५ टिमले प्रतिस्पर्धा गरेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला