महान शहिदहरुलाई ४ संस्थाद्वारा दिप प्रज्वलन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा/ परिवर्तनका लागि हामी अभियान नेपाल ,पहिलो पाइला पोखरा शाखा, लियो क्लव अफ चौतारी  पोखरा, विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियानको सयुक्त आयोजनामा पोखरा १७ शहिद पार्कमा दिप प्रज्वलन कार्यक्रम भएको छ।

कार्यक्रममा  शहिद स्मरण सहित एक मिनेट मौन धारणा गर्नु का साथै दिप प्रज्ज्वलन गरि शहिद दिवस मनाइएको थियो ।

आयोजित  कार्यक्रममा  परिवर्तनका लागि हामी अभियान नेपालका सल्लाहकार तथा सरक्षक शिबराज बस्ताकोटि (शिवदाइ) पहिलो पाइला  प‍ोखरा शाखाका सल्लाहकार सन्तोष न्यौपाने मेनुका वराल ,लियो क्लवका लियो आभाष दहाल,  लियो सहनशिल वराल, विश्वको  उत्कृष्ट गन्तब्य नेपाल बनाउने महाअभियान नेपालका संयोजक नगेन सिंह ठकुरी लगायतले शहिद दिवसको बारेमा बोल्नु भएको थियो। सयुक्त  कार्यक्रममा लियो क्लव अफ चौतारि, पहिलो पाइला पोखरा शाखा, परिवर्तनका लागि हामी अभियान नेपाल साथै  विश्वको उत्कृष्ट गन्तब्य  नेपाल बनाउने महाअभियानका पदाधिकारी सदस्य  तथा अभियानकर्मिको उपस्थिती रहेको थियो।

संयोजक कृष्ण गिरि रहेको दिप प्रज्ज्वलन  कार्यक्रम  परिवर्तनका लागि हामी अभियान नेपालका संयोजक नविन श्रेष्ठले सचालन गर्नु भएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला