शीतल कादम्बिनीलाई गीतकार प्रतिष्ठानको सम्मान, अध्यक्षमा शीतल गिरी

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । गीतकार शीतल कादम्बिनीलाई गीतकार सम्मान २०८० प्रदान गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालको शनिवार पोखरामा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनका अवसरमा प्रतिष्ठानले नगद ५ हजार रुपियाँ, सम्मानपत्र र दोसल्लासहित सम्मान गरेको हो ।
गीतकार तीर्थ श्रेष्ठ र प्रतिष्ठानका अध्यक्ष हरिहर खनियाले उहाँलाई सम्मान गर्नुभयो । सम्मानित स्रष्टाको परिचय सहसचिव रुपिन्द्र प्रभावीले दिनुभएको थियो ।

गीतकार सङ्घ, नेपालकी सचिव समेत रहनुभएको उहाँले गीत र गीतकारको हितका लागि जुनसुकै संस्था भए पनि मिलेर कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो ।
गीतकार तीर्थ श्रेष्ठले गायक र सङ्गीतकारले मात्र गीतको श्रेय लिने परम्पराप्रति असन्तुष्टि जनाउँदै गीतकार आमा भएकाले बिर्सन नहुने धारणा राख्नुभयो । उहाँले गीत गाउँदा मात्र गीत हुने नभई गीत लेखन र वाचन गर्दा पनि गीत रहने बताउनुभयो ।

कहाँ थियौ तिमी…, झुमा झुम्कावाली… लगायत चर्चित गीतका रचनाकार कादम्बिनी गजलकारका रूपमा समेत चर्चित हुनुहुन्छ ।
उहाँले नेपाली गीत÷गजलका क्षेत्रमा पु¥याएकी योगदानको कदर गर्दै सम्मान प्रदान गरिएको सचिव अनुराग अधिकारीले जानकारी दिनुभयो ।
प्रतिष्ठानका अध्यक्ष हरिहर खनियाको अध्यक्षतामा भएको साधारण सभामा लघुकथा प्रतिष्ठानका अध्यक्ष लक्ष्मण थापा, राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान, गण्डकीका अध्यक्ष राजन कार्की, ¥यान्डम रिडर्स सोसाइटीकी उपाध्यक्ष गौरी तमु, अनेसासकी गण्डकी प्रदेश उपाध्यक्ष दुर्गा न्यौपानेलगायतले शुभकामना दिएका थिए ।

यसै बिच, दोस्रो अधिवेशनबाट शीतल गिरीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।
कार्यसमितिको उपाध्यक्षमा अनुराग अधिकारी, सचिव रुपिन्द्र प्रभावी, कोषाध्यक्ष लाल कार्की ‘अञ्जान’, सहसचिवमा बिर्सना बस्नेत तथा सदस्यहरूमा सावित्री गिरी, जीवनमित्र पण्डित, राजाराम पौडेल, रेशम रचक, हरिमाया पराजुली र आदर्श पोखरेल सर्वसम्मत चयन भएका छन् । नेपाली भाषा शिक्षक परिषद् कास्कीका अध्यक्ष डिल्लीराम अर्यालको संयोजकत्वमा विक्रम पौडेल र पुष्पराज पौडेल सदस्य रहेको निर्वाचन मण्डलले कार्यसमिति घोषणा गरेको थियो ।
नवगठित कार्यसमितिका पदाधिकारीलाई लोकगायिका हरिदेवी कोइरालाले शुभकामना दिनुभयो ।
प्रतिबद्धता मन्तव्य राख्दै अध्यक्ष गिरीले प्रतिष्ठानका गतिविधिलाई थप उचाइमा पु¥याउन नयाँ योजनाहरू अघि बढाइने जानकारी दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला