¥यान्डममा नारायण ढकालको अन्तिम पात

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । ¥यान्डम रिडर्स सोसाइटीले पोखरामा नारायण ढकालको पछिल्लो निबन्ध सङ्ग्रह ‘अन्तिम पात’ माथि परिचर्चा गरेको छ ।
सोसाइटीले आफ्नो नियमित मासिक कार्यक्रमअन्तर्गत पुस महिनाको १०३ औँ शृङ्खलामा ढकालको सो कृतिमाथि परिचर्चा चलाएको हो ।
कृतिमाथि अवधारणापत्र प्रस्तुत गर्दै पर्वतका पत्रकार तथा लेखक भूमिराज शर्माले पाठकद्वारा अत्यधिक रुचाइएका निबन्धहरू कृतिमा समेटिएका बताउनुभयो ।

लेखकका निजात्मक अनुभूतिदेखि नेपाली समाज तथा जनजीवनका विभिन्न आयामका कलात्मक बान्की निबन्धमा प्रस्तुत भएका उहाँको भनाइ थियो ।
पूर्व सांसद्समेत रहेका ढकालले कृतिमा ‘म राजनीतिमा छँदा पातकी थिएँ तर त्यो छोडेपछि असल मानिस बनेको छु ।’ भन्ने अभिव्यक्ति दिनुले समकालीन राजनीतिप्रतिको चरम नैराश्यलाई सङ्केत गरेको शर्माले बताउनुभयो ।

“यो निबन्ध सङ्ग्रहमा सङ्गृहीत प्रत्येक निबन्धले समाज रूपान्तरणका निम्ति गतिलो सन्देश प्रवाह गरिरहेका छन्” उहाँले भन्नुभयो, “यी निबन्धहरू यथार्थका साक्षी दस्तावेज हुन् भन्दा अतिशयोक्ति हुँदैन ।” विभिन्न कालव्रmममा लेखिएका यी निबन्धहरूले वर्तमान युगको प्रतिनिधित्व गरेका परिचर्चाकार शर्माको धारणा थियो ।

निबन्धकार ढकालले यो कृति वैचारिक र कलात्मक जीवनको एक महŒवपूर्ण दस्तावेज भएको बताउनुभयो ।
कृतिमा नेपाल प्रज्ञा–प्रतिष्ठानलाई ‘जुठो टपरी’ को संज्ञा दिँदै समस्या मात्र खडा गरेको, समाधानका कुनै उपाय नदिएको भन्दै सो अवसरमा पाठकले लगाएका आरोपबारे स्पष्टीकरण दिँदै ढकालले प्रज्ञा–प्रतिष्ठान जागिर खाने थलो मात्रै बनेको भन्दै असन्तुष्टि जनाउनुभयो ।
प्राज्ञहरूलाई मासिक तलब वा आजीवन भत्ता दिन नहुने तर कामका आधारमा उपयुक्त पारिश्रमिक दिइनुपर्ने तर्क गर्दै ढकालले सदस्य सचिव पनि साहित्यकार नभई साहित्य बुझेको नेपाल सरकारकै सचिव स्तरको कर्मचारी राख्नुपर्ने जिकिर गर्नुभयो ।

अनुसन्धानका क्षेत्रमा प्रशस्त बजेट व्यवस्थापन गर्न पनि उहाँले सुझाव दिनुभयो । उहाँले आफ्नो अखबारी लेखनका क्रममा पाठकद्वारा रुचाइएका २२ ओटा निबन्ध कृतिमा समेटिएको जानकारी दिनुभयो ।
ढकालका प्रेतकल्प, वृषभ बध, शोकमग्न यात्रीलगायत १९ कृति प्रकाशित छन् ।
सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षता र सचिव नेपालप्रकाश अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा गनेस पौडल, खडानन्द आचार्य, अनुराग अधिकारी, नेपालप्रकाश अधिकारीलगायलते टिप्पणी गरेका थिए ।
सोसाइटीले हरेक महिनाको अन्तिम शनिवार कुनै कृति वा विषयमाथि परिचर्चा गर्दै आएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला