माता ताल बाराही आरती सेवा समितिमा ढाका बहादुर थापा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । माता तालबाराही सेवा समिति पोखरा— ६ बैदामको अध्यक्षमा ढाका बहादुर थापा चयन हुनुभएको छ ।
आरतिको शनिबार सम्मपन्न छैठौ बार्षिक साधारण सभा तथा तेस्रो अधिबेशनले आगामि दुई बर्षे कार्यकालका लागि थापालाई सर्वसम्र्मत अध्यक्षमा चयन गरेको हो ।

त्यसै गरि आरतिको उपाध्यक्षमा जुना अधिकारी, सचिब महेश्वर पहारी, कोषाअध्यक्ष मदन राज न्यौपाने, सदस्यहरुमा ज्ञान बहादुर कार्की , कमला बज्राचार्य,पुष्ष पहारी, नानी कोइराला, हिरु पुन, गोकण अधिकारी, दिनदयाल पाण्डे, रामकृष्ण अर्याल र गुरुदत्त कोइराला चयन भएका हुन ।
पन्ध्र सदस्यीय कार्यसमितिमा दुई सदस्य संचालक समितिले चयन गर्ने प्राबधान रहेको निर्वाचन संयोजक तथा अधिवक्ता भगवति पहारीले जानकारी दिनुभयो ।

संस्थाको निर्वाचन सम्पन्न गर्नेका लागि कानुनि सल्लाहकार भगती पहारीको संयोजकत्वमा गणेश पहारी र अनिल थापा रहेको तिन सदस्यीय निर्वाचन मण्डल गठन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य दामोदर “बैरागी” पौडेलले सुन्दर नगरी “पोखरा” भ्रमणको गनतब्यमात्र नरही धार्मिक पर्यटन प्रवद्र्धनमा सहयोग पुगोस बैदिक सनातन धर्मको प्रचार प्रसार विश्वभरी नै फैलियोस र सकरात्मक उर्जा श।िक्त प्राप्त होस, भन्ने भावनाले स्थापना भएको आरतिले पर्यटन क्षेत्रको विकासमा महत्वपूण योगनदान गरेको बताउनुभयो । पोखरा प्राकृतिक महत्व बोकेको पर्यटकीय स्थलको भएको स्मरण गर्दै, अब पोखरा धार्मिक स्थलको रुपमा पनि पर्यटक्रीय गनतब्य रहेको परिचय पोखराले दिनु पर्नेमा जोड दिनुभयो ।

गण्डकी प्रदेश सासद प्रकाश बरालले “धमर्, पुन्य कर्म गरि सके पछि कुनै कारण पुजा आजामा कतैबाट भुलबस छुट भएमा भएका भुल र छुटलाई मेटाउनका लागि आरति माताको आरति गरि सन्धाकालिन आरति गरेमा मुक्ति मिल्ने जनविश्वास रहेको सुनाउनुभयो । आरति हिन्दु धर्मको मात्र नभई सन्धाकालिन आरतिमा सवै जातजाति सहित सवै धर्मालम्बीहरु उतिकै रमाउने हुनाले, यसलाई निरन्तरता दिई राख्नु सवैको कतब्र्य भएको बताउनुभयो ।
गण्डकी प्रदेशका निर्वतमन सासद राजिब पहारीले पोखराका फेवातालको किनारमा श्री ताल बाराहि देवि माताको सम्मुख रहेर गरिएको सन्धाकालिन आरितिले पोखरामा पर्यटकको बसाई लम्बाउन महत्वपूर्ण भुमिका खेलेको बताउनुभयो । पोखराका धार्मिक स्थलमा पनी सन्धाकालिन आरिति गर्ने सके पोखरालाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने सकिने कुरामा जोड दिनुभयो ।
अध्यक्ष मंगल बहादुर नेपालीले ‘पशुपति नाथ मन्दिरमा गरिने सन्धाकालिन आरिति पछिकोे महाआरति पोखराको फेवाताल किनारमा गरिने आरति दोस्रो ठुलो आरति’ रहेको दावि गर्दे, पोखरामा पर्यटक्रीय बसाई लम्वाउन महत्वपूर्ण योगदान गरेको सुनाउनुभयो । आरतिलाई भब्य र ब्यवस्थित गर्ने सकेमात्र अझै आरतिको महत्व बढने भनाइ उहाँको थियो ।

नवनिर्वाचित अध्यक्ष थापाले पोखरामा पर्यटकको बसाई लम्वाउन सन्धाकालिन आरतिले खेलेको भुमिकाको स्मरणं गर्दै, आरति सेवा समिति सदैब अग्रजहरुको रायसुझाब सहित पर्यटककीय संस्थाहरु सग हातेमालो गर्दै अगाडि बढने प्रतिबद्दता ब्यक्त गर्नुभयो ।
अध्यक्ष मंगल बहादुर नेपालीको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष ढाका बहादुर थापा सचिब तुलसी दाहाल, पोखरा महानगरपालिका वडा न ६ वडा सदस्य बासु बराल, तालबाराही मन्दिर ब्यपस्थापन समितिका अध्यक्ष प्रशुराम पहारी, फेवा ढुङा ब्यवसायी उपाध्यक्ष तुलबहादुर गुरुङ,नौलो धुम्ति नेपालका अध्यक्ष बद्रीबिनोद प्रतिक, निवर्तमान अध्यक्ष गिरिराज अधिकारी,कास्की रेडक्रसका उपाध्यक्ष उर्मिला कार्की, कानुनी सल्लाहकार शुष्मा पौडेल ससचिब भेषराज अधिकारी, कोषाअध्यक्ष मदनराज न्यौपाने, अन्नपूर्ण आमा समुह पोखरा ६ बैदामकी अध्यक्ष रेणु लामिछाने, महिला पर्यटन मञ्चकी अध्यक्ष उमा भन्डारी र आरति गुरु रामकृष्ण अर्याल, लगाएतका बक्ताहरुले बिषम परिस्थिीतिमा पनी आरतिलाई निरन्तरता दिनु गर्भको विषय बताउदै, छोटो अवधिमा नै संस्थाले गरेको योगदानको प्रशंसा गरेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला