पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा वार्षिक खेलकुद

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा नदिपुर स्थित पोखरा कलेज अफ म्यानेजमेन्ट (पिसिएम) मा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।
आधा दर्जन खेलहरुमा कलेजमा अध्ययनरत विभिन्न संकायका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

भलिबल, ब्याडमिन्टन, चेस, पब्जी, बास्केटबल, फुटसल र टग अफ वार खेल खेलाइएको थियो ।

भलिबल छात्रतर्फ बीसीआईएस सातौं सेमेस्टर विजेता बन्दा बीसीआईएसकै प्रथम सेमेस्टर उपविजेता भएको छ । भिक्टर लामिछाने सर्वोत्कृष्ट खेलाडी र राजेन्द्र खड्का बेस्ट स्पाइकर हुनुभएको छ ।
भलिबल खेल छात्रातर्फ बीबीए पाँचौ सेमेस्टर दिवाकालीन सत्रको टोली प्रथम भयो । बीबीए तेस्रो सेमेस्टर दिवा सत्रको टोली उपविजेता बन्यो । टिना गर्बुजा सर्वोत्कृष्ट खेलाडी र सृष्टि भट्टराई बेस्ट स्पाइकर घोषित हुनुभयो ।

बास्केटबल छात्र तर्फ बीबीए चौथो सेमेस्टर प्रातः सत्रको टोली प्रथम भयो भने बीबीएकै पाँचौ सेमेस्टर दिवा सत्रको टोली दोस्रो भयो ।
यस्तै, बास्केटबल छात्रातर्फ बीबीए पाँचौ सेमेस्टर दिवा सत्रको टोली विजेता बन्दा बीसीआईएस चौथो सेमेस्टर टोली दोस्रो भयो ।
बास्केटबलमा सर्वोत्कृष्ट खेलाडी छात्रतर्फ शुलभ शिल्पकार र छात्रातर्फ आकृति गुरुङ बने भने हाइ स्कोरर प्रितम गुरुङ र सुहानी आले बनेका छन् ।
फुटसल छात्र तर्फ बीबीए सातौं सेमेस्टर दिवा सत्रको टोली प्रथम हुँदा बीसीआईएस तेस्रो सेमेस्टर दोस्रो बन्यो ।
सवोत्कृष्ट खेलाडी निशान क्षेत्री, हाइ स्कोरर ग्रिफ थकाली, बेस्ट किपर आर्जन कार्की घोषित भए ।
फुटसल छात्रातर्फ बीबीए पाँचौ सेमेस्टर दिवा सत्रको टोली विजेता बन्दा बीबीए चौथो सेमेस्टर प्रातः सत्रको टोली उपविजेता बन्यो ।
सृष्टि ढेवाजु सर्वोत्कृष्ट खेलाडी, आकृति गुरुङ हाइ स्कोरर र एलिका लालचन बेस्ट किपर घोषित भए ।

ब्याडमिन्टन सिंगलतर्फ बीसीआईएस तेस्रो सेमेस्टरका शौरव केसी प्रथम हुँदा बीबीए पाँचौ सेमेस्टरका कुशल श्रेष्ठ दोस्रो हुनुभयो ।
डबल्सतर्फ बीसीआईएस तेस्रो सेमेस्टरका शौरव केसी र निश्चित गुरुङ विजेता बने भने बीबीए पाँचौ सेमेस्टरका कुशल श्रेष्ठ र प्रतिक श्रेष्ठ उपविजेता बने ।
चेस तर्फ बीबीए फस्र्ट सेमेस्टरका छात्र सन्देश चुल्याजु विजेता बन्दा प्रतिक श्रेष्ठ उपविजेता भए । पब्जीतर्फ २९ अंकका साथ बीबीए चौथो सेमेस्टर दिवा सत्रटोली प्रथम बन्दा १ अंकले मात्र पछि परेर पाँचौ सेमेस्टर बिहानी सत्रका टोली दोस्रो स्थानमा चित्त बुझाउन बाध्य बन्यो ।
साथै, टग अफ वारतर्फ पनि सातौं सेमेस्टर दिवा सत्रको टोली प्रथम हुँदा पाँचौ सेमेस्टर दिवा सत्रको टोली द्वितीय भयो ।
कलेजकी प्रिन्सिपल लिना नेगी श्रेष्ठ लगायतले विजयी विद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला