विन्ध्यवासिनी माविमा रक्तदान हुने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा रक्तदान हुने भएको छ ।

विद्यालयको ७७औं वार्षिक उत्सवको पुर्व सन्ध्यामा यही पुस २६ गते विहान रक्तदान कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।

विद्यालयका सह प्रधानाध्यापक एवं सुचना अधिकारी रामवहादुर वानियाले हिउँदको वेला अधिकांश सघ संस्थाले रक्तदान कार्यक्रम नगर्ने भएकाले यो सिजनमा पोखरामा रगतको अभाव देखिने गरेको गरेकोले रगतको अभावलाई केही मात्र भएपनि न्युनिकरण गर्न विद्यालयले प्रत्यक वर्ष कार्यक्रम गर्ने र रक्तदानका विषयमा जानकारी गराउने उद्घेश्यले रक्त संचार केन्द्रको प्राविधीक सहयोगमा सो कार्यक्रम गर्न लागिएको वताउनुभयो ।

कार्यक्रममा उपस्थित भएर सहयोग गर्न विद्यालयले सवैलाई आग्रह समेत गरेको छ ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको वताईएको छ ।

पुस २७ गते आयोजना हुने वार्षिकोत्सवको अवसरमा विद्यालयले विभिन्न कार्यक्रमको आयोजना समेत गरेको छ । सामुदायिक विद्यालयमा देशकै पहिलो नमुना विद्यालय वनेको विद्यालय पोखराकै पुरानो विद्यालय मानिन्छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला