छोरेपाटन मा.बि.भू.पू. विद्यार्थी मञ्चको अध्यक्षमा कृष्ण रानाभाट

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका वडा नंं १७ मा रहेको छोरेपाटन मा.बि.भू.पू.को पुर्व विद्यार्थीहरुको भेलाले कृष्ण बहादुर रानाभाटको अध्यक्षतामा ११ सदस्यीय छोरेपाटन मा.बि. भू.पू. विद्यार्थी मञ्च गठन गरेको छ ।

मञ्चको वरिष्ठ उपाध्यक्षमा हिमलाल उपाध्याय, उपाध्यक्षमा कृष्ण प्रसाद पोख्रेल, सचिवमा शालिकराम भण्डारी, कोषाध्यक्षमा कविता गुरुङ, सहसचिवमा ज्योति हमाल, सहकोषाध्यक्ष गणेश घर्ति क्षेत्री, सदस्यहरुमा शिवराज न्यौपाने, केदार पहारी, अमन थापा र रामचन्द्र वराल चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वद्रीनाथ पहारी, प्रधानाध्यापक डिल्लीराम शर्मा भुषाल, पुर्व प्र.अ. लक्ष्मण थापा, विद्यालयका सहायक प्र.अ. खेमराज वराल (ध्रुब) र मेघनाथ पौडेल, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष श्रीराम सुवेदी, मञ्चका संस्थापक दिपक राज वराल लगाएतले मञ्चले पुर्व विद्यार्थीहरुलाई संगठित गरी विद्यालयको शैक्षिक तथा अन्य गतिविधिमा सहयोग गर्नुपर्ने वताएका थिए ।

पुर्व विद्यार्थी कृष्णबहादुर रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत कृष्णप्रसाद पोख्रेलले र संचालन शालिकराम भण्डारीले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला