पोखराका मेयर आचार्यद्वारा भारतमा ध्यान शिबिर उद्घाटन

नगेन न्यूज
  • ख-
  • ख+

नागपुर । भारतमा पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य ले एक ध्यान शिबिर उद्घाघाटन गर्नुभएको छ ।
रेशिमबाग मैदानमा सञ्चालित उक्त कार्यक्रमको विद्यालय शिक्षामन्त्री दीपक केसरकार र पोखरा महानगरपालिका नगर प्रमुख धनराज आचार्यले दीप प्रज्वलन गरि उद्घाटन गर्नुभएको थियो ।

महर्षि शिवकृपानन्द स्वामी द्वारा प्रेरित प्रबचन र ध्यान गराइको छ । हरेक दिन बेलुका पाँच बजे देखि बेलुका आठ बजे सम्म चल्नेछ ।
सो ध्यान सिबिर तीन गते देखि दस गते सम्म चल्नेछ । ध्यान सिबिर मा नेपाल बाट प्रतिनिधित्व गरि मंगलबार नगर प्रमुख आचार्य उसहित १६ जना नेपाली साधकको उपस्थित रहेको थियो ।
निशुल्क ध्यान शिविरले जाति, धर्म, भाषा, देश वा लिङ्गको भेदभावलाई हटाउनका निमित्त बिश्वभर का ७० रास्ट्र का करिब १ लाख पचास हजारको सहभागीता रहेको थियो ।

उक्त ध्यान सिबिरमा नेपाल बाट प्रतिनिधित्व गर्दै विभिन्न पार्टीका नेता कार्यकर्ताको सहभागी रहेने जानकारी गर्दै नेपाल समन्वयकर्ता तुलसिराम रेग्मी का अनुसार रास्ट्रीय स्वतन्त्र पार्टी का चितवन क्षेत्र न १ को संघीय साम्सद हरि ढकाल, नेकपा एमाले केन्द्रिय सचीव तथा पुर्ब पर्यटन तथा खेलकुद मन्त्री योगेन्द्र भट्टराई, नेपाली काङ्ग्रेस का काठमाडौ क्षेत्र न. ५ का साम्सद प्रदिप पौडेल को सहभागी रहेने जानकारी रेग्मिले जानकारी दिनुभयो ।
साथै आज मंगलबार पोखरा महानगरपालिका का प्रमुख धनराज आचार्यको उक्त सिबिर मा सम्बोधन रहनेछ ।

हिमालयन ध्यान सिबिर हिमालयन समर्पण ध्यान योग केन्द्रका महर्षि शिव कृपानन्द स्वामी नेपाल सरकार ले भ्रमण बर्ष २०२० मा सदभावाना दुत मा नेकपा एमाले का पुर्ब प्रधानमन्त्री के पि शर्मा ओलि द्वारा सम्मान गरिएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला