एसओएसमा वार्षिक खेलकुद सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा , २ पुस । पोखरा १७ घारिपाटनमा रहेको एसओएस हर्मन माइनर विद्यालय पोखराले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत खेलकुद सम्पन्न गरेको छ ।
वार्षिक तालिका अनुसार विद्यालयले अन्तरसदनात्क र खुल्ला प्रतियोगिताका दुई दर्जन बढी प्रतिस्पर्धा गराएको विद्यालयका खेल शिक्षक थुप्तेन छिरीङले जानकारी दिनुभयो ।

कार्यक्रमको औपचारिक समारोहमा तिब्बतीयन कल्याणकारी कार्यालय नेपालका मुख्य प्रतिनिधि छप्री लोपन टुल्कु नवाङ छोडुपले खेलले विद्यार्थीको शारीरिक, मानसिक र बौद्धिक विकासमा सहयोग पुग्नेमा जोड दिनुभयो । उहाँले खेलको माध्यमबाट विश्व प्रसिद्ध बन्न सकिने धारणा राख्नुभयो ।
उक्त अवसरमा विद्यालयका प्राचार्य फुर्बु ठिन्लेले विद्यालयले विद्यार्थीलाई शैक्षिक र खेलकुदको माध्यमबाट व्यक्तित्व विकाससँगै चरित्र निर्माणमा जोड दिँदै आएको बताउनुभयो ।

उलनले खेलाडी र अनुशासन एउटै सिक्काका दुई पाटा भएको भन्दै अनुशासित विद्यार्थी नै सफलताको शिखरमा पुग्नेमा जोड दिनुभयो ।
कार्यक्रममा विद्यालयका हेड मास्टर तेन्जिन दोर्जेले विद्यार्थी र खेल परिपूरक भएको धारणा राख्नुभयो ।
कार्यक्रममा विभिन्न खेल प्रतियोगितमा विजयी विद्यार्थीलाई मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
प्रतियोगितामा निलो सदन प्रथम , हरियो सदन द्वितीय , तृतीय पहेँलो र चौथो स्थानमा रातो सदनले आआफ्नो अङ्क बाँडे ।
प्रतियोगितामा दौड, रिले दौड, छेलो, हाइ जम्प, लङ जम्प, स्याक रेस, स्किपिङ, अब्स्ट्याकल रेसलगायतका खेलमा अन्तरसदनात्मक र खुल्ला प्रतिस्पर्धामा विद्यार्थीले सहभागिता जनाएका थिए ।
उक्त अवसरमा प्रत्येक सदनले मार्च पास प्रदर्शन गरेर आफ्नो कलासमेत प्रदर्शन गरेका थिए ।
उक्त अवसरमा योगाभ्यासको डेमो प्रदर्शन गरिएको विद्यालयका शिक्षक अमृत घिमिरेले जानकारी दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला