शिशु कल्याणमा बिज्ञान नमुना निर्माण एव प्रदर्शनी प्रदर्शनी सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा १७ छोरेपाटन स्थित शिशुकल्याण इङ्लिस स्कुलमा बिज्ञान नमुना निर्माण एव प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।
बिद्यालय प्राचार्य इश्बरी प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पृथ्वीनारायण क्याम्पस, वनस्पतीशास्त्र बिभागका विभागीय प्रमुख एवं च्याउ अनुसन्धाता टिकाराम अर्याल प्रमुख हुनुहुन्थ्यो ।
प्रमुख अतिथि अर्यालले कल्पना र मानव जिवनको चुनौतीलाइ समाधान गर्न वैज्ञानिक आविष्कार भएको भन्दै बिद्यार्थीहरुले निर्माण गरेको नमुनाको प्रशंशा गर्नुभयो ।

निर्णायकमा प्याब्सन कास्कीका बिज्ञान बिभाग प्रमुख पुष्पराज पौडेल एवं डायमण्ड मोडल स्कुलका प्राचार्य लक्ष्मण पोखरेल हुनुहुन्थ्यो ।
६–१० को कक्षागत रुपमा एवं समग्रमा प्रथम, द्वितीय, तृतीय एवं सान्त्वना प्राप्त गर्ने बिद्यार्थीहरुलाइ पुरस्कृत गरिएको थियो ।

बिद्यालयका बिज्ञान शिक्षक दिपक रेग्मीको संयोजकत्वमा सम्पन्न प्रतियोगितामा कक्षा ६ का देवज शर्मा, कक्षा ६ की आकृति गुरुङ, कक्षा ७ का युनिक पहारी, र कक्षा १० की सब्रिना गुरुङले पुरस्कार प्राप्त गरेका थिए ।
विद्यालयका शिक्षक एव कार्यक्रम संयोजक निलम कुमार गौतमले प्रथम द्वितीय तृतीय एवं सान्त्वना स्थान हासिल गर्दै रु ५०००, ४०००, ३००० र २००० नगद पुरस्कार प्राप्त गरेको जानकारी दिनुभयो ।
उत्कृष्ट विद्यार्थीहरुलाइ प्रमुख अतिथि, विद्यालय प्राचार्य, सह प्राचार्य, एवं निर्णायकहरुले पुरस्कार बितरण गरेका थिए ।
बिद्यालय प्राचार्य इश्बरी प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्णायकहरु पुष्पराज पौडेल, लक्ष्मण पोखरेल, प्राचार्य इश्बरी प्रसाद शर्मा, र सह प्राचार्य रीता गुरुङ लगाएतले आफ्ना भनाई राखेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला