माछापुच्छ्रे गाउँपालिका अध्यक्षकप पुस २६ गतेदेखि

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा “दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्षकप गण्डकी प्रदेश अन्तर पालिका स्तरीय पुरुष भलिवल प्रतियोगिता २०८०” हुनेभएको छ ।
“स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” नाराका साथ पुरुष भलिवल प्रतियोगिता पुस २६ गते देखि २८ गतेसम्म हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिइएको हो ।

माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष सिता अधिकारीले नेपालको राष्ट्रिय खेल भलिवल भएको जनाउदै कास्की जिल्लाको उत्तरी भेगमा अवस्थित माछापुच्छ्रे गाउँपालिकाका भलिवल खेलका खेलाडीहरुको उत्पादनमा उर्वर भूमि रहेको बताउनुभयो ।
उहाँले पुरुष भलिवल प्रतियोगितामा गण्डकी प्रदेशका पालिकाहरु सहभागी हुन पाउने जानकारी दिनुभयो ।

माछापुच्छ्रे गाउँपालिका वडा नं. ३ घाचोकमा संचालन हुने प्रतियोगितामा प्रथम पुरस्कार तिन लाख, द्धितिय पुरस्कार दुई लाख र सेमी फाइनलमा उपबिजेता २ टिमलाई ५०/५० हजार रुपैया , ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् ।
साथै प्रतियोगितामा विधागत रुपमा उत्कृष्ट खेलाडीलाई ७ हजार, उत्कृष्ट स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर, सर्भर र प्रशिक्षकलाई ५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्पन्न गर्न बाह्र लाख त्रियासी हजार रुपैया खर्च हुने अनुमान रहेको छ ।
भलिवल खेलको अतिरिक्त साँस्कृतिक लगायत मनोरञ्जनात्मक कार्यक्रम समेत हुने जानकारी पत्रकार सम्मेलन मार्फत दिइएयो ।
प्रतियोगिता माछापुच्छ्रे गाउँपालिका कार्यालयको मुख्य सहयोग र वडा नं. ३ कार्यालयको समन्वय तथा माछापुच्छ्रे गाउँपालिका भलिवल संघको व्यवस्थापनमा संचालन हुने जनाइएयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला