चलचित्र निर्माता संघको कार्यसमितिमा ‘लाखे’ निर्माता ठकुरी मनोनित

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं ।नेपाल चलचित्र निर्माता संघको कार्यसमिति सदस्य पदमा निर्माता हरि मल्ल ठकुरी मनोनित हुनुभएको छ ।
ठकुरीलाई संघको गत मंसिर ७ गते बसेको कार्यसमिति बैठकले संघको विधानको विधा २० (क) बमोजिम सदस्य पदमा मनोनीत गरिएको जानकारी संघले दिएको छ ।

ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरको ब्यानरमा गत बर्ष ‘लाखे’ फिल्म निर्माण गरेका ठकुरी अब नयाँ फिल्म बनाउने तयारीमा हुनुहुन्छ ।
अध्यक्ष नवल खड्काले युवा,जुझारी अनि नेपाली फिल्मको श्रीवृद्धिमा कटिवद्ध निर्माताको आवश्यकता महसुस गरि उनलाई कार्यसमितिमा स्वागत गरिएको बताउनुभयो ।

ठकुरीले आफू हरदम निर्माताको पक्षमा रहेको बताउँदै आगामी दिनमा अझ सशक्त रुपमा नेपाली फिल्मको स्तरोन्नतरी र अन्तराष्ट्रिय बजारिकरणमा लागीरहने प्रतिबद्धता जाहेर गर्नुभयो ।
उहाँ केही दिनमै नयाँ फिल्म निर्माण घोषणा गर्ने तयारीमा हुनुहुन्छ । चलचित्र निर्माता संघ नेपाली फिल्म निर्माताहरूको छाता संस्था हो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला