राप्रपाले पृथ्वी जयन्तीमा कविता प्रतियोगिता गर्ने, १ लाख पुरस्कार

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं,२७ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०२ औं पृथ्वी जयन्तीको अवसरमा २७ पुसमा कविता प्रतियोगिता आयोजना गरेको छ ।

राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले पृथ्वीनारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसंग सम्बन्धित विषयमा युवा कविता प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा ४० वर्ष पूरा नभएका व्यक्तिले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन् ।

प्रतियोगीले १५ पुसभित्र कवितासँगै आफ्नो नागरिकताको फोटोकपी पठाउनुपर्नेछ । प्रवक्ता श्रेष्ठले कविता ५०० शब्दसम्मको हुनुपर्ने र कविता इमेल rppcenter48@gmail.com र ह्वाट्सएपबाट पठाउन सकिने वा राप्रपाको धुम्बाराहीस्थित कार्यालयमै आएर पनि बुझाउन सकिने जानकारी दिनुभयो ।

प्रतियोगितामा पहिलो हुनेले १ लाख, दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले २५ हजार र त्यसपछिका ३ जनालाई सान्त्वना स्वरुप १०/१० हजार रुपैयाँ प्रदान गरिने राप्रपाले जनाएको छ । पुरस्कृत कविताहरु २७ पुसमा भृकुटीमण्डपमा आयोजित कार्यक्रममा वाचन गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

कविताको मूल्यांकन ३ जना प्रतिष्ठित कविले गर्ने र उनीहरुको नाम २७ पुसमा सार्वजनिक गरिने राप्रपाले बताएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला