अत्रि गोत्र (पहारी) थरहरुको कुल पूजा तथा बंशावलि विमोचनको तयारी

नगेन न्यूज
  • ख-
  • ख+

मंसिर २७ । अत्रि गोत्र पहारीहरुको कुल पूजा तथा पहारी (थर) हरुको पहिलो पटक प्रकाशित वंशाबलि विमोचनको तयांरी गरिएको छ ।
अत्रि गोत्र (पहारी)हरुका कुल मन्दिर व्यवस्थापन समिति गण्डकी प्रदेश कास्की जिल्ला को आयोजनामा यहि आउँदो पुस १० गते पोखरा महानगर पालिका वडा १८ स्थित सेदी डाडा कुलमन्दिरमा पुजाको तयारी गरिएको हो ।
कुल पुजालाई मध्यनजर गर्दै पुष ७ गते पहारी कुल बशको बंशावलि बिमोचन सहित आठौ राष्ट्रिय अधिवेशन गर्ने लागिएको सचिब जगत बहादुर पहारीले बताउनुभयो ।

वंशावलि प्रकाशन समितिका संयोजक प्रेमराज पहारीले बंशांवलि पुस्तक प्रकाशनका लागि अन्तिम चरणमा रहेको जानकारी दिनुभयो ।
कुल पूजा सम्पन्न गर्नका लागि अध्यक्ष गोविन्दराज पहारीको संयोजकत्वमा ९९ सदस्सीय पूजा व्यवस्थापन सहित महाधिबेशन मूल समिति गठन गरिएको छ ।
त्यसैगरी विभिन्न पचिस वटा उपसमितिहरु समेत गठन भएका छन् । संयोजक पहारीका अनुसार यही पुष ८ गते पूजाका लागि चौको चिन्न जग राख्ने कार्यक्रम राखिएको छ ।

संयोजक पहारीले भन्नुभयो,“पुस ९ गते पूर्वाङ्ग गर्ने र १० गते कुल पूजा हुनेछ । कार्यक्रममा सहभागिताका लागि देशभर छरिएर रहनुभएका सम्पूर्ण पहारी बन्धुवान्धवहरुलाई निमन्त्रणा गरेका छौँ ।”
पूजाका प्रचार प्रसार उपसमितिका संयोजक गणेश पहारीले तयारीका काम तीव्र रुपमा अघि बढाइएको जानकारी दिदै नेपालभरि रहेका अत्रि गोत्र (पहारी) हरुलाई पूजामा सहभागिता गराउने गरी प्रचार प्रसार गरिएको बताउनुभयो ।
“हामीले विभिन्न माध्यमबाट पूजाको सूचना पठाएका छौँ । कुल पूजा ब्यवस्थापन मुल समिति तथा विभिन्न उपसमितिहरु पनि निर्माण गरेर तयारी गरेका छौँ । नेपाल भरिका सबै पहारी दाजुभाईहरु पूजा र महाधिवेशनमा सहभागी हुनुहुनेछ भन्ने विश्वास लिएका छौँ ।” पहारीले भन्नुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला