लेखनाथ महोत्सवको चित्रकला प्रतियोगिता पुस १ गते हुने

नगेन न्यूज
  • ख-
  • ख+

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले यहि पुष ५ गते देखि १६ गते सम्म आयोजना गर्ने १९ औ लेखनाथ महोत्सवमा विद्यालय स्तरीय चित्रकला प्रतियोगिता हुने भएको छ ।
विद्यालयस्तरीय कार्यक्रम उप–समितिका संयोजक एल पि ढुंगानाले प्रतियोगिता पुस १ गते लेखनाथ उद्योग वाणिज्य संघको परिसरमा गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

संयोजक ढुंगानाले प्रतियोगितामा प्रथम द्धितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेलाई क्रमश नगद ५ हजार, ४ हजार, ३ हजार र २ हजार प्रदान गरिने र सहभागीहरु सबैलाई समेत प्रोत्साहनको व्यवस्था गरिएको बताउदै प्रतियोगितामा विद्यार्थीहरले कोरेका चित्रहरुलाई महोत्सवमा प्रर्दशनी एवं बिक्रिको लागी समेत राखिने बताउनुभयो । उहाँले विद्यार्थीहरुले अतिरिक्त आयआर्जन समेत गर्न सक्ने बताउनुभयो ।

महोत्सवमा विद्यार्थी लक्षीत शैक्षिक प्रर्दशनी, विज्ञान प्रर्दशनी, विद्यालयस्तरीय नृत्य प्रतियोगिता लगायतका कार्यक्रमहरु पनि हुनेछन भने विद्यार्थीहरुलाई महोत्सव अवलोकनको लागी विद्यार्थी परिचय पत्रको आधारमा टिकटमा छुटको समेत व्यवस्था गरिएको छ ।

कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघको महासचिव जानुका पराजुली, द्धितीय उपाध्यक्ष विक्रम कर्माचार्य, एन प्याब्सनका केन्द्रीय सदस्य शिवदत्त तिवारी, हिसान कास्कीका अध्यक्ष यम बहादुर रोका, युनिप्स नेपालकी अध्यक्ष शान्ता गुरुङ्ग लगायतले आफ्ना भनाई राखेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला