प्रतिभामा प्रतियोगितात्मक विज्ञान प्रदर्शनी : १ सय ७२ आविष्कार प्रदर्शन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा नदिपुर स्थित प्रतिभा माविले शुक्रबार एकदिने विज्ञान प्रदर्शनी आयोजना गरेको छ ।
प्रतियोगितात्मक प्रदर्शनीमा १ सय ७२ टोली प्रतिष्पर्धामा सहभागी भए ।

विद्यालयका प्रिन्सिपल किरण सापकोटाले यस वर्षको विज्ञान संकायका विद्यार्थीका लागि पहिलो दिन विज्ञान प्रदर्शनी र व्यवस्थापन संकायका विद्यार्थीका लागि आगामी शुक्रबार बिजनेश प्लान प्रस्तुतिका कार्यक्रम प्रतियोगितात्मक रहेको र उत्कृष्ट हुनेहरुलाई सिड मनी ५ लाखसहित आकर्षक पुरस्कारको पनि व्यवस्था गरेको जानकारी दिनुभयो ।

प्रतिभाले विद्यार्थीमा भएको क्षमता प्रस्फुटन गराउन राखेको प्रदर्शनीमा कक्षा ४ देखि १२ सम्मका विद्यार्थी सहभागी भएका छन् । प्रदर्शनीमा विद्यार्थी आफैले बनाएका विज्ञान सामाग्री प्रस्तुत गरेका थिए । विद्यार्थीले बनाएका विभिन्न उपकरण उक्त प्रदर्शनीमा प्रस्तुत गरेका थिए ।
उक्त प्रदर्शनीमा विद्यार्थीहरुले विज्ञानसँग सम्बन्धित विभिन्न शैक्षिक सामाग्री निर्माण गरेका छन् ।

विद्यार्थीले आफ्नै खर्चमा ती सामान बनाएका हुन् । प्रदर्शनीमा विज्ञानका कुरा मात्र छैनन् । घरयासी प्रविधिदेखि स्मार्ट सिटीका योजना छन् ।

उत्कृष्टमध्ये कक्षागत वर्गिकरण गरी पुरस्कृत गरिने भएको छ । कक्षा ४ र ५ का विद्यार्थीबीचको आविस्कारमा उत्कृष्ट हुनेले ३ हजार, २ हजार र १ हजार क्रमशः पाउनेछन् । कक्षा ६, ७ र ८ का विद्यार्थीबीचको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५ हजार, ३ हजार र २ हजार पाउनेछन् । कक्षा ९ र १० बीचमध्ये उत्कृष्ट हुनेले ७ हजार ५ सय ५ हजार र ३ हजार पाउनेछ भने ११ र १२ कक्षामध्ये उत्कृष्ट हुनेले २० हजार, १५ हजार र ७ हजार ५ सय तथा सबै उत्कृष्टले मेडल र प्रमाणपत्र पाउनेछ ।

प्रदर्शनीको शिक्षा विकास तथा समन्वय एकाई, कास्कीका प्रमुख लोकनाथ आचार्यले उद्घाटन गर्दै लामो समयदेखि शिक्षणसंस्थामा रहेर काम गरेको अनुुभव प्राचार्य किरण सापकोटाले प्रतिभामा उपयोग गरी मुलुककै गर्वलायक शैक्षिक संस्था बनाएकोमा खुशी व्यक्त गर्नुभयो । विद्यार्थी सुसंस्कायुक्त, इमान्दार बन्नुपर्ने भन्दै उहाँले यही पुस्ताले अब मुलुक समृद्ध बनाउने पनि बताउनुभयो ।

कार्यक्रममा विद्यालयका निर्देशक बलबहादुर थापा लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सिनियर फिजिक्स टिचर मदन लामिछानेले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला