केपी ओली कप राष्ट्रिय टि–२० क्रिकेटः नेपाल आर्मी विजयी

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरामा जारी केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा विभागिय टोली नेपाल आर्मी क्लवले आफ्नो पहिलो खेलमा जित हासिल गरेको छ ।

आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी निलो विरुद्ध ११० रनको सानदार जित दर्ता गरेको हो । राष्ट्रिय टोलीका खेलाडीबाट सुसज्ज्ति नेपाल आर्मीलाई टस जितेर व्याटिङको निम्तो दिएको निलो विरुद्ध आक्रमक प्रस्तुत भएको आर्मीले २० ओभर खेल्दै ६ विकेटको क्षतीमा १९५ रन बनाएको थियो ।

नेपाल आर्मीका लागि पारिको सुरुवात गरेका सन्तोष कार्कीले ३५ वलमा ७ चौका प्रहार गर्दै टिमका लागि सर्वाधिक ४१ रन बनाए । उनी धवन सहनीको बलमा आउट भए । त्यस्तै विनोद भण्डारीले २४ बलमा तिन चौका र तिन छक्काको मद्धतले ३८ रन बनाउँदै शुभम खनालको बलमा पेििभलियन फर्के । आर्मीका लागि कुशल मल्लले २५ रनको योगदान दिंदा वाशिर अहमदले २३ रन र रोहित पौडेलले १२ बनाए । त्यस्तै सन्दिप रजाली र भिम सार्कीले समान ६–६ रन बनाउँदै नट आउट रहे ।

आयोजक निलोका लागि मेहुल श्रेष्ठले २ विकेट लिए भने शुभम खनालले १ विकेट लिए ।

१९६ रनको विशाल रन पछ्याएको आयोजक निलो १५.४ ओभरमा ८५ रनमा समेटियो । आर्मीका लागि १.४ ओभर वलिङ गरेका कुशल मल्लले २ रन दिएर तिन विकेट हात पारे । उनले आयोजक निलोका  लागि १० रन बनाएका सिमोन रोय, २ रन बनाएका कुशल रुपाखेती र डायमण्ड मण्डललाई सून्य रनमा पेभिलिएनको बाटो देखाए । आयोजक निलोका लागि निर्भिक पाठकले २८ रन बनाउँदै रन आउट हुन पुगे । रणविर यादवले १६ रनको व्यक्तिगत योगदान दिंदा ओपनर रोनिम तिवारीले १५ रन बनाए । आर्मीका लागि जितेन्द्र मुखिया र शाहव आलमले समान २–२ विकेट लिए भने रोहित पौडेल र विवेक यादवले समान १–१ विकेट हात पारे ।

खेलमा नेपाल आर्मीका कुशल मल्ल म्यान अफ दि म्याच घोषित भए ।

मंगलबार पहिलो खेल सुदुर पश्चिम र नेपाल पुलिस क्लव तथा दोश्रो खेल कोशी प्रदेश र नेपाल आर्मीका विच हुनेछ ।

मधेश प्रदेशको जित
केपी ओली कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा मधेश प्रदेशले सुदुर पश्चिम प्रदेशमाथि ८ विकेटले सानदार जित निकालेको छ ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा सोमबार पोखरा रंगशाला क्रिकेट मैदानमा जारी प्रतियोगितामा सुदुर पश्चिमले दिएको ५८ रनको लक्ष्यलाई मधेशले २ विकेट गुमाउँदै ९२ बल बाँकी रहँदै जित निकालेको हो ।

टस जितेको सुदुर पश्चिमले १५।५ ओभर खेल्दै ५८ रनमा सबै विकेट गुमाउन पुग्यो । ओपनर अभिषेक पाल रुपेश सिंहको बलमा खाता नखोली पेभिलियन फकिंदा गजेन्द्र बोहोरा पनि ४ रनमै आउट भए । कप्तान राजु रिजाल २ रनमा आउट भए । त्यस्तै खडक बोहोरा ९ बलको समना गर्दै एक रनमा पेभिलियन फर्किए । बसन्त कार्की ४ रन बनाए । किरण ठगुन्नाले १० रन जोडे । नरेश साउदले १८ रनको योगदान दिदाँ भोजराज भाट भने १० रन बनाए ।

मधेश प्रदेशका हरिशंकर साहले ४, रुपेश सिंहले तीन विकेट लिए भने अनिल साहले १ विकेट लिए ।

यता मधेश प्रदेशले २ विकेट गुमाउँदै लक्ष्य पुरा गर्न सफल भयो । मधेशले ६२ रन बनायो । तिन बल फेस गरेका हरिंशकर साहलाई गजेन्द्र बोहोराको बलमा शून्यमै आउट गरे पछि मधेश दवावमा परेको थियो । तर अनिल साहले जितको आधार तयार पारे । अनिलले ११ बल खेल्दै ३ चौका र २ छक्का हिर्काउँदै २५ रन बनााए । उनी पनि बोहोराकै बलमा आउट भए । इमरान शेख र पवन सरार्फले २७ रनको साझेदारी गरे । दुवै नटआउट रहे ।

हरिशंकर साह खेलमा प्लेयर अफ दि म्याच घोषित भए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला