पोखरामा मंसिर ११ गतेबाट पाँचौ युनिप्स खेल महोत्सव सुरु हुने

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरामा पाँचौ युनिप्स खेल महोत्सव यहि मंसिर ११ गतेबाट पोखरा रंगशालामा सुरु हुने भएको छ ।

संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था ९युनिप्स नेपाल०को आयोजनामा हुने पोखरा रंगशालामा सञ्चालन हुने उक्त खेल महोत्सव मंसिर १६ गते सम्म सञ्चालन हुनेछ ।
महोत्सव अन्तर्गत छात्ररछात्रा भलिबल, छात्र फुटबल, छात्रारछात्रा खोखो, कवड्डी र एथलेटिक्सका खेलहरु सञ्चालन हुने युनिप्सका अध्यक्ष शान्ता बहादुर गुरुङले जानकारी दिनुभएको छ ।

प्रतियोगिता अन्तर्गत मावी स्तरिय (कक्षा ९–१०),छात्र फुटबल छात्ररछात्रा मावी स्तरिय भलिबल, मावीस्तरिय छात्रा खोखो, आधारभुत तह (कक्षा १–५) छात्ररछात्रा कवड्डी, एथलेटिक्स छात्ररछात्रा सबै तह अन्तर्गत हुने खेलकुद उपसमितिका संयोजक विनोद कुमार नेपालीले जनाउनुभयो ।

औनपचारिक रुपमा मंसिर ११ गतेबाट प्रतियोगिता सञ्चालन हुने भए पनि उद्घाटन भने मंसिर १४ गते हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा युनिप्समा आवद्ध रहेका १८ विद्यालयका ४ हजार भन्दा बढि खेलाडीहरुले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा विभिन्न खेलका ६ सय खेलाडीहरुलाई पुरस्कृृत गरिने भएको युनिप्स सचिवालयका संयोजक शिवहरि सुवेदीले बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न करिव १२ लाख खर्च हुने सुवेदीले जानकारी दिनुभयो ।

कोभिडका कारण विगत तिन वर्ष देखि युनिप्स खेल महोत्सव स्थगित रहेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला